- अमर काफ्ले

प्रधानमंत्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले हतियार नबुझाए सरकार स्वयं आफैंले खोस्ने बताउनु भएको छ ।हतियार बुझाउन दिइएको समयसीमा भित्र हतियार नबुझाए सरकारले खोजेर आफंै विप्लव समूहको हतियार खोस्ने प्रधानमंत्री ओलीले बताउनु भएको हो ।विखण्डनकारी मुद्धा बोकेको समूहलाई राजनैतिक मूल धारमा ल्याइएको बताउनु भएका ओलीले राष्ट्रको सम्प्रभूता र अस्मितामाथि आँच आउने कुनैपनि गतिविधी स्विकार्य नहुने बताउनु भयो ।

सुनसरीको दक्षिणवर्ती बर्जु गाउँपालिका पुग्नु भएका प्रधानमंत्री ओलीले १ सय ५२ विगाह क्षेत्रफलमा फैलिएको बर्जु ताल परिषरमा आयोजित सभालाई सम्बोधनका क्रममा त्यस्तो धारणा राख्नु भएको हो ।प्रधानमंत्री ओलीले मुलुकको समृद्धि र बिकासकालागि वर्तमान सरकारको विकल्प नभएको समेत बताउनु भयो ।बर्जु तालको अवलोकन समेत गर्नु भएका प्रधानमंत्री ओलीले ऐतिहासिकता बोकेको ताललाई प्रदेश एककै सुन्दर र पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

प्रधानमंत्री ओलीले तालको संरक्षण र बिकासका सवालमा गुरु योजना बनाएर अघि लैजाने विश्वास दिलाउनु भएको छ ।कार्यक्रममा बर्जु ताल व्यवस्थापन समितिका अध्यक्ष बालिम चौधरी सहित विपक्षी दलका दर्जनौ नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया