इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको दसगजा क्षेत्र बाट करिब ५ लाख बराबरको समान बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भाण्टावारी बाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारी नेतृत्वमा खटिएको प्रहरी टोलिले कोशी गाउँपालीका ८ भाण्टावारी स्थित दसगजा क्षेत्र बाट अन्दाजी ४ लाख ८० हजार बराबरको अवैध समान बरामद गरेको जनाएको छ ।

बिओपी भाण्टावारीबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारी नेतृत्वको टोलिले भारत बाट लुकाई छिपाई ल्याएको कपडा र सुर्ती बरामद गरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको जनाएको छ । भारत बाट अवैध रूपमा भन्सार छली ल्याउदै गरेको दर्जनौं थान कपडा र सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि सेतुबन्द भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको सशस्त्र प्रहरी बल बिओपी भाण्टावारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया