- अमर काफ्ले

होली पर्वलाई मध्यनजर गर्दै सुनसरी प्रहरीले जिल्लाभर विशेष सुरक्षा योजना लागु गर्न लागेको छ ।होली पर्वलाई लक्षित गरी प्रहरीले मापसेमा कडाईसँगै जबरजस्ती रङ दल्ने उपर विशेष कडाई गर्ने रणनीति बनाएको छ ।होलीलाई शान्तिपूर्ण र मर्यादित तवरले मनाउन सर्वसाधारण जिल्लावासीमा सुनसरी प्रहरीले अनुरोध समेत गरेको छ ।

होलीका नाममा हुने विकृति रोक्न विशेष अप्रेसन चलाइने बताएको प्रहरीले यथेष्ट मात्रामा सुरक्षाकर्मी परिचालन गरिने जनाएको छ ।गाँजा, भाङ तथा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, मापसे गरी सवारी चलाउने, हेलमेट लगायत आवश्यक कागजात बेगर सवारी चलाउनेदेखि शंकास्पद गतिविधी गर्ने र जबरजस्ती अबिर तथा रङ दल्ने उपर नियन्त्रणमा लिई नियम बमोजिम कार्वाही चलाउने सुनसरीका प्रहरी प्रमुख राजन अधिकारीले बताउनुभयो ।प्रहरी प्रमुख अधिकारीका अनुसार अघिल्लो दिनबाटनै होलीलाई लक्षित गरी सुरक्षाकर्मी परिचालन गरिने छन् ।

ट्राफिक सहित जनपथ प्रहरीको चेकपोइन्टका अलावा बजार तथा चोकहरुमा प्रहरीको उपस्थिती बढाइने सुनसरी प्रहरीले जनाएको छ ।सम्भावित भीडभाड र झैझगडा हुने स्थानहरुलाई निगरानीमा राखिने प्रहरीले जनाएको छ । सुनसरी प्रहरीले गाउँघरमा समेत प्रहरीको उपस्थिती दर्शिने गरी मोबाइल गस्तीको प्रवन्ध मिलाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia