एकपछि अर्को ठूला खेलहरु आयोजना हुँदै आएको इनरुवा नगरपालिकामा पूनः राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुने भएको छ ।सुनसरी युथ क्लव इनरुवाले बैशाख १४ गतेबाट इनरुवा खेल मैदानमा राष्ट्रिय स्तरको त्रिकेट प्रतियोगिता संचालन गर्न लागेको हो । इनरुवा नगरपालिकामा आज पत्रकार सम्मेलनको आयोजना गरी क्लबका अध्यक्ष अफजल हुसेनले प्रतियोगिताको मिति सार्वजनिक गरेका हुन् ।

अघिल्लो वर्ष सुनसरी प्रिमियर लिग टी२० क्रिकेट प्रतियोगिता आयोजना गरेको सुनसरी युथ क्लबले यस पटकबाट भने प्रतियोगिताको मोडेल परिवर्तन गर्दै टी १० क्रिकेट आयोजना गर्न लागेको हो ।डे–नाइट प्रतियोगिताका रुपमा खेलाइन लागेको टी१० क्रिकेट राष्ट्रिय स्तरको पहिलो प्रतियोगिता हुने आयोजकको दाबी छ । प्रतियोगिताकालागि मैदानमा अन्र्तराष्ट्रिय स्तरको लाइटको बन्दोवस्ती मिलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मिति सार्वजनिक कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी सहित नगरभित्र क्रियाशिल संस्था आवद्ध प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।उक्त प्रतियोगितामा आयोजक सुनसरी युथ क्लब सहित विभागीय टीमहरु नेपाल प्रहरी र नेपाली सेनाका साथै प्रदेशस्तरीय क्लबको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको बिजेताले नगद २ लाख र ट्रफि पाउने छ भने उपबिजेता टिमले १ लाख पुरस्कार पाउने आयोजक संस्थाका अध्यक्ष हुसेनले जानकारी दिए । कार्यक्रममा सहभागिबीच होलीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia