इनरुवा नगरपालिकाको कार्यालयले होली शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।इनरुवा नगरपालिकाको हलमा आयोजित होली शुभकामना कार्यक्रममा नगर प्रमुख राजन मेहता सहित कोशी गाउँपालिका अध्यक्ष एयुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा इनरुवा नगर प्रमुख राजन मेहताले होली पर्वले सबैमा आपसी भाइचारा कायम गरोस भन्ने कामना व्यक्त गरेका थिए । नगर प्रमुख मेहताले पर्वलाई शान्तिपूर्ण र मर्यादित तवरले मनाउन सम्पूर्ण नगरवासीमा अनुरोध समेत गरेका छन् ।सोही कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षहरु अन्सारीद्वयले समेत होलीलाई सब्य र भब्य रुपले मनाउनु पर्नेमा जोड दिए ।

सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले कार्यक्रममा मनतब्यको क्रममा प्रहरीको होली लक्षित सुरक्षा योजनाबारे जानकारी गराएका थिए । अधिकारीले मादक पदार्थको सेवनले सम्भावित दुर्घटना र अपराध निमत्याउने हुनाले पर्वलाई शान्तिपूर्ण तवरले मर्यादामा रहेर मनाउन जिल्लावासी समक्ष आग्रह गरे । राखेपका सदस्य तथा कराँते महासंघका अध्यक्ष शम्भु आचार्यले समेत शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाल सहित वडाध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia