कराँते महासंघका केन्द्रिय अध्यक्ष शम्भु आचार्यलाई इनरुवामा सम्मान गरिएको छ ।राखेपका सदस्य समेत रहनु भएका आचार्य हालसालै राष्ट्रिय कराँते महासंघको अध्यक्षमा चुनिनु भएको हो ।

आचार्य इनरुवा ३ सखुवागाछी निवासी हुनुहुन्छ । आचार्यलाई सुनसरी सदरमुकाम इनरुवामा रही खेलकुदका क्षेत्रमा सक्रिय रहँदै आएको सुनसरी युथ क्लवले सम्मान गरेको हो ।कार्यक्रमका प्रमुख अतिथि इनरुवा नगरपालिका प्रमुख राजन मेहता लगायत उपस्थित अतिथिहरुले संयुक्त रुपमा आचार्यलाई सम्मान गर्नुभएको हो ।सम्मान ग्रहण पश्चात बोल्दै आचार्यले खेलकुदको बिकासमा आफु अहोरात्र खटिने प्रतिवद्धता जनाउनु भएको छ । पद ओगटेर बस्ने भन्दापनि काम गरेर देखाउने लक्षसाथ खेलकुदको बिकासमा जुटेको आचार्यको भनाई थियो ।

तपाईको प्रतिक्रिया