- अमर काफ्ले

जनप्रतिनिधिले कार्यभार सम्हालेयता इनरुवा नगरपालिकाको कार्यालयले पहिलो पटक वृहत तथा संयुक्त अनुगमन गरेको छ । स्थानीय पालिकाको हकमा इनरुवा नगरपालिकाले आयोजना गरेको वृहत तथा संयुक्त अनुगमनको कार्यलाई पहिलो पटक भएको दावी गरिएको छ ।  नगरप्रमुख राजन मेहता नेतृत्वको टोलीले इनरुवाका वडास्तरीय योजना सहित बजार क्षेत्रमा संचालन भएका र जारी रहेका योजनाको स्थलगत अनुगमन गरेको हो ।

बिहान कार्यालयमा भेला भई अनुगमनको औचित्यका बारेमा जानकारी गराइएको थियो । नगर प्रमुखले योजना सहितको आधिकारिक धारणा राखेपछि स्थलगत अनुगमन थालिएको थियो ।

वडागत तथा बजार क्षेत्रमा संचालित योजनाहरु अनुगमन गराउने क्रममा नगरपालिकाको कार्यालय र शहरी बिकास डिभिजन कार्यालय मार्फत सम्पन्न भएका तथा जारी रहेका योजनाबारे अनुगमनमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला, प्रदेश सांसद ज्योति सुब्बा, प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, उपमेयर जमुना गौतम पोखरेल, प्रहरी उपरीक्षक राजन अधिकारी, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरी प्रमुख तुलषी प्रसाई, प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाल, , दश वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुसँगै, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी सहित कर्मचारीहरु सम्मिलत टोलीले नगर क्षेत्र भित्र संचालित योजनाहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा वडा नं ४ मा शहरी विकासबाट निमार्ण भएको इनरुवा बसपार्क, पक्की नाला, देवकोटा आधारभुत विद्यालय हुदै जनजागृती टोल, इनरुवा ३ को एजिङ, सखुवागाछी हुदै मालपोतबाट बजार तर्फ आउने सडक ढल निरिक्षण गरिएको थियो ।त्यसैगरी सरस्वती टोल, जनता प्रावि तर्फको सडक, इनरुवा ६ मधेशाको पक्की सडक निमार्णको पुर्व तयारी, इनरुवा ७ चाँदवेलाको पक्की सडकको निमार्ण तयारी, इनरुवा ५ को टायल सडक, इनरुवा १ स्थित कर्भड हल, बिहिवारे हाट, इनरुवा १ ढकाल टोलको टायल सडक निमार्णको योजनाहरु अनुगमन गरिएको छ ।

इनरुवा नगरपालिकाको कार्यालयले वडागत छनौटका आधारमा योजनाहरुको अनुगमन गरिएको जनाएको छ ।नगर स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि सहितको उपस्थितिमा गरिएको अनुगमनलाई स्थानीय सहित सहभागिहरुले पक्ष र विपक्षमा तर्क गरेका छन् । योजनाको विश्वसनियतासँगैको प्रभावकारीता र वास्तविकता सार्वजनिक गर्न वृहत अनुगमन प्रभावकारी हुने एकथरीले बताइरहँदा अर्को पक्षले भने जम्बो अनुगमन झारा टार्ने खालको मात्रै भएको बताएको छ ।

अनुगमन पश्चात नगरपालिकाको सभा हलमा आयोजित समिक्षा कार्यक्रममा धेरैजसोले वृहत तथा संयुक्त अनुगमनलाई नमूना कदम भन्दै निरन्तरताको माग गरेका थिए । कतिपयले भने अनुगमनलाई देखावटीको संज्ञा दिए ।समिक्षा कार्यक्रममा उठेका प्रश्न र जिज्ञासालाई नगर प्रमुख मेहताले सम्बोधन गरेका थिए । वृहत तथा संयुक्त अनुगमन नगर भित्र संचालित योजनाका बारेमा वास्तविकता नगरवासी र सरोकारावालासामू ल्याउन आयोजना गरिएको मेहताले बताए ।

काम गर्दैजाँदा बिरोधका स्वरहरु सुनिनु स्वभाविक भएको बताउने मेहताले नगरको समृद्धि र बिकासमा आफु प्रतिवद्ध भएको धारणा व्यक्त गरे । मेहताले नराम्रा कुरा छिटो फैलिने तर राम्रा कामको जस ढिला पाइने यथार्थ इनरुवा नगरपालिकाको हकमा लागु रहेको बताउँदै समग्र नगरको बिकासको सवालमा अहित हुने काम हुन नदिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा उपप्रमुख जमुना गौतम पोखरेलले समेत आफ्नो धारणा राखेकी थिइन् । समिक्षात्मक कार्यक्रममा बोल्दै पोखरेलले सबैकुरोलाई नकारात्मक रुपमा सोच्नु नहुने बताइन् । शहरी बिकास अन्र्तगतका योजना सहितको अनुगमन गर्नुपर्ने भएको र सो योजना अनुगमनको जिम्मेबारी नगर प्रमुखको संयोजकत्वमा रहनेगरी तोकिएको हुनाले समेत वृहत तथा संयुक्त अनुगमनलाई अन्यथा लिइनु नहुने उनको तर्क थियो । उपप्रमुख गौतमले स्थानीय तह अन्र्तगत रहेको अनुगमन समिति मातहतको नगरस्तरीय योजना अनुगमनको क्रम समेत जारी रहेको प्रष्ट्याइन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia