- राम नारायण पंडित

सिरहा। सिरहाको मिर्चैयामा पहिलो पटक हुन लागेको फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्टको पहिलो अडिसन सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजना तथा रामनगर मिर्चैया उद्योग बाणिज्य संघको सभाहलमा शनिवार सम्पन्न पहिलो अडिसनमा दुई दर्जन युवायुवतिहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।

युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गर्न लागिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरु सहभागी हुन् सक्ने आयोजकले जनाएको छ । अडिसनमा छनोट हुनेहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईने डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो पटक हुन लागेको फेसन शो मा सहभागी हुन सम्पुर्ण ईच्छुक युवायुवतीहरुलाई आयोजकले आग्रह गरेका छन् ।ईभेन्टको दोस्रो अडिसन चैत १६ गते होटल होलिडे एण्ड पार्टी प्यालेश मिर्चैयामा हुने आयोजकले जनाएको छ । ईभेण्टको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र समग्रसंदेश डटकम अनलाईन लगायतका रहेका छन् ।

तपाईको प्रतिक्रिया