- अमर काफ्ले

इनरुवा। लामो समयदेखि फुटवल खेलको गतिविधि हुन नसकेको इनरुवामा प्रथम स्वर्गिय गिरिजाप्रसाद कोइराला स्मृति फुटबल प्रतियोगिताको हुने भएको छ । यही चैत्र २२ गतेदेखि २९ गतेसम्म इनरुवा रंगशालामा हुने प्रतियोगितामा प्रदेश १ का ८ टिमले प्रतिष्पर्घा गर्ने छन ।

प्रतिबिम्ब नेपाल इनरुवा सुनसरीले आयोजना गर्न लागेको प्रतियोगितामा आयोजक सहित बेलवारी फुटवल क्लब, इटहरी फुटवल क्लब, धरान फुटवल क्लब, मोरङ ११, सिमरिया फुटवल क्लब दुहवी, बराहक्षेत्र फुटवल क्लब र प्रदेश १ प्रहरी टिमबीच प्रतिस्पर्धा हुने बताइएको छ । आयोजक संस्थाले पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा प्रथम हुने टिमले शिल्डसहित एक लाख नगद, द्धितिय हुने टिमले शिल्डसहित ५० हजार पुरस्कार हात पार्ने प्रतिविम्ब नेपालका अध्यक्ष सागर आचार्यले जानकारी दिए। प्रतियोगिता इनरुवा खेल मैदानमा संचालन हुने छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia