इजरायली अनुसन्धान टोलीका सदस्य बिहीबार मृत सागर क्षेत्रमा फेला परेको विश्वकै लामो नुन–गुफामा । उक्त गुफालाई ‘मल्हम’ नामकरण गरिएको छ । सोडोम पहाडमुनिबाट अघि बढेको उक्त गुफा १० किलोमिटर लम्बाइको छ ।

सन् १९८० बाट खोजी प्रयास भए पनि यतिबेला १० दिन लगाएर वैज्ञानिकहरूले यसलाई भेटाएका हुन् । यो गुफा त्यो क्षेत्रनजिक छ, जहाँ बाइबलमा लोटकी श्रीमती नुनको खम्बामा परिणत भएको भनी देखाइएको छ । एपि

तपाईको प्रतिक्रिया