- मुस्ताक आलम

लौकही। सुनसरीको कोशी गाउँपालिका १ कौलोनी स्थित आयोजित नेपाल शिक्षक संघ सुनसरीको जिल्ला प्रतिनिधि सभा कार्यक्रम सम्पन्न भएको छ। नेपाल शिक्षक संघ सुनसरीको आयोजनामा जिल्ला भरिका शिक्षक प्रतिनिधिको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुर्ब अर्थ मन्त्री तथा सुनसरी क्षेत्र नम्बर ४ का संसाद  ज्ञानेन्द्र बहादुर कार्की, बिशिस्ट अतिथी १ नम्बर प्रदेश संसाद तथा बिपक्षी दलका नेता राजिब कोइराला,प्रदेश संसाद ताहिर अंसारी त्यसैगरी कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी अतिथिहरुमा नेपाल शिक्षक महासंघका राष्ट्रिय महासचिव लक्ष्मिकिशोर सुवेदी, नेपाल शिक्षक संघ तथा महासंघ पुर्ब केन्द्रिय अध्यक्ष केशव निरौला १ नम्बर प्रदेश शिक्षक संघका अध्यक्ष पुर्न प्रसाद गौतम,संघीय महाधिवेशन प्रतिनिधि सुमित्रा मेहता, नेपाल शिक्षक संघ केन्द्रिय उपमहासचिव प्रशुराम यादब सोही कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले शिक्षकहरुको पेसागत संगठनको निम्ति नेपाली काङ्ग्रेस सहयोग गर्न जहिले पनि त्यार रहेका बताए।

सोहि कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ सुनसरीका अध्यक्ष वेनु प्रसाद सिग्देलले शिक्षकहरुको पेशागत हक हितको लागि आफू जहिले पनि साथ र सहयोग गर्दै आफू तत्पर रहेको उहाँले जिकिर गर्नु भएको थियो। कार्यक्रम समापन नेपाल शिक्षक संघका अध्यक्ष वेणु प्रसाद सिग्देलको अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन नेपाल शिक्षक संघ सुनसरीका सचिब देव नारायण यादवले गरेको थियो ।

तपाईको प्रतिक्रिया