- मिकाइल आलम

इनरुवा । कोसी टप्पु वन्यजन्तु आरक्षमा गोलि हानी ५ वटा चौपाया मारिएको छ । आइतबार रातिको समयमा कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रका ३ वटा गाई र २ वटा गोरु गोलि लागी मृत अवस्था फेला परेको स्थानीयहरुले जानकारी गराएका छन् । बरहा नगरपालिका ११ मधुवनका स्थानीय अरशद अन्सारीका अनुसार ५ वटा गाई गोरुको गोलि लागी मरेको हो ।

बरहा नगरपालिका ११ मधुवन स्थित काफ्ले टोल अगाडिको जङ्गलमा ति चौपाया परेको अवस्थामा फेला परेको अन्सारीले बताए । चौपायाको गोलि लागी मरेको पोस्टमार्टम बाट समेत पुष्टि भएको अन्सारीको भनाइ थियो । पोस्टमार्टम पछि चौपाया लाई प्रहरी र नेपाली सेनाको उपस्तिथिमा खाल्डो खनेर गाडिएको अन्सारीले बताए ।

पटकपटक आरक्ष प्रशासनको लापरबाहीका कारण जंगली जनावरले अकालमा मृत्युवरण गर्ने क्रम बढेको कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले गुनासो गरे । कोशी टप्पु वन्यजन्तु आरक्ष घुम्न जाने पर्यटकलाई आरक्ष प्रशासनले राजस्व दिदा समेत हात्तीको सयर गर्ने नदिने गरेको गुनासो आफू लाई आएको अध्यक्ष अन्सारीले बताए । सर्वसाधारण संगै जैविक बिबिधताको संरक्षणमा लापरबाही गर्नेलाई कार्वाही हुनुपर्ने अध्यक्ष अन्सारीको भनाइ छ । यता कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रामदेव चौधरीले ५ वटा चौपाया मरेको पुष्टि गरेका छन् । पछिल्लो केहि समय अर्ना, हात्ती र गाई गोरु मर्नु कारण पत्ता लगाउन आरक्ष प्रशासन लागी परेको भन्दै प्रमुख चौधरीले छानबिन गरी दोषी उपर कानुन बमोजिम कार्वाही गरिने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया