- अमर काफ्ले

उपप्रधान, स्थास्थ्य तथा जनसंख्या मंत्री उपेन्द्र यादवले वर्तमान सरकारलाई कमाउनिष्ट सरकारको संज्ञा दिनु भएको छ ।एमाले र माओवादी मिलेसँगै कम्युनिष्ट समाप्त भएको धारणा व्यक्त गर्नुभएका यादवले ओली नेतृत्वको समिकरणलार्ई कमाउनिष्ट सरकारको संज्ञा दिनु भएको हो ।मंत्री यादवले सरकारको काम कार्वाही सबैमा विधितै रहेकाले समय आएपछि सबै जनताका सामू छर्लङगै हुने आशष व्यक्त गर्नु भयो ।

मुलुकमा लागु संघीयता धरापमा परेको बताउँदै यादवले स्वयं नेकपा र कांग्रेसनै वर्तमान अवस्था विरुद्धको प्रपञ्चमा लागिपरेको समेत बतउनु भएको छ ।केन्द्रिय शक्ति र अधिकार गुम्ने भएकाले संघीयता टिक्न नदिने षड्यन्त्रमा स्वयं कांग्रेस र नेकपानै लागिपरेको वहाँको दावी छ । सुनसरी सदरमुकाम इनरुवामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मंत्री यादवले आफ्नो पार्टी नेकपा र कांग्रेस विकल्पको शक्तिका रुपमा तयार भइरहेको समेत बताउनु भयो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनु भएका मंत्री यादवले शक्ति सञ्चयको क्रममा संगठनात्मक मजबुतीकालागि देश दौडाहामा जुटेको बताउँदै राजनैतिक मुद्दा सम्बोधनका लागि सरकारमा टिकी रहनु परेको बताउनु भएको छ ।सडक आन्दोलन अन्तिम अस्त्र भएपनि अधिकार प्राप्तीको आन्दोलन छेड्दा प्राप्त उपलब्धी समेत गुम्ने खतरा भएकाले सत्ता केन्द्रित राजनीतिमा रहेर संघर्ष जारी राखेको वहाँको भनाई थियो ।कार्यक्रममा राजपा परित्याग गरेका केन्द्रिय सदस्य सरोज मिश्रा, मोहमद इलियास हजाम लगायतका दई दर्जन बढी जिल्ला तथा इकाई कमिटी आवद्ध नेताहरुलाई पार्टी प्रवेश गराइएको थियो ।

तपाईको प्रतिक्रिया