भोजपुर। भोजपुर नगरपालिका – ९ काफ्लेमा वोलेरो गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । विहीवार विहान दिङलाबाट भोजपुर सदरमुकाम तर्फ आउँदै गरेकोे को १ ज २२६७ नम्वरको वोलेरो दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित चार जना घाइते भएका हुन् ।घाइते हुनेमा चालक खोटाङ केपीलासगढी गाउँपालिका घर भएका २५ वर्षीय निरकुमार राई,षडानन्द नगरपालिका – १० वस्ने ३६ वर्षीया सरिता तामाङ्ग, २७ वर्षीय रञ्जिता तामाङ्ग, ७ वर्षीय निङमा तामाङ र भोजपुर नगरपालिका –४ शिद्धेश्वरका २४ वर्षीय गणेश खडका घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घाइते सवैको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । वोलेरोमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia