इनरुवा। देशमा स्थानिय संरचणा अनुसार जन प्रतिनिधिहरु आएको लगभग दुई बर्षको कार्यकाल सकिने अवस्थामा बिकासको लहर हरेक गाउँगाउँमा छाएको कुरा जनताले अनुभुति गरेका छन। यस्तै सुनसरी जिल्ला साविक गाउँ विकास समिति श्रीपुर हरिपुर,जब्दि,लौकही,कुमयाहीलाई समावेशीकरण गरि स्थानिय संरचणा अनुसार कोशी गाउँपालिका बनाएको हो । हाल कोशी गाउँपालिकामा पुर्वधार विकास काममा विकासमुखि हुन थालेका कुरा स्थानियस्तरका जनताहरुले वताएका छन ।

यस कोशी गाउँपालिका भित्र सडक, बिजुलीबत्ती, शिक्षा, स्वास्थ्य, कलकारखाना, वनजङ्गल, कोशीटप्पु सिमसार आदि लगायतका क्षेत्रमा विकाश निमार्णलाई मुख्य प्राथमिकतामा राखिएको कुरा अध्यक्ष एयूव अन्सारीले वताए। अन्सारीका अनुसार हामीले दुई बर्षको कार्यकालमा गाउँपालिका भित्र रहेका हरेक क्षेत्रको कुनाकुनामा वाटोघाटो पूर्याएका छौं र पुर्याउने योजना हो । त्यसर्थ गाउँपालिका भित्र रहेका हरेक जनताले वाटोघाटो प्रयोग गरेर आफनो दिन जिवनचर्या चलाउन सहज हुने छ भन्ने उदेश्यले वाटोघाटोलाई पहिलो प्रथमिकतामा राखेर कामको थालनि गरेका छौं । अब हामीले पुर्वधार वाटोघाटोको काम सम्पन्न गरि अर्को चरणमा पर्यटन तिर ध्यान केन्द्रित गर्ने छौं । यसैगरी कोशी गाउँपालिका वडा नं १ को सडकमा रहेको कुल १४४ वटा बिजुली पोलमा बिजुलीबत्ती जडान गरिएको छ।

अध्यक्ष अन्सारीका अनुसार कोशी गाउँपालिकामा कोशी टप्पु आरक्ष सिमसार सहित कोशी नदी रहेको र यहाँ देश कै नमुना पर्यटकिय स्थल वन्ने सम्भवना भएकोले अबको लगानी हामी पर्यटनमा गर्ने योजना बनाएका हो । यस्तै कोशी टप्पु आरक्ष सिमसार सुनसरीसहित सप्तरी र उदयपुरमा गरि एक सय ७५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । प्रस्तावित कुल क्षेत्रफलमध्ये १४ वर्ग किलोमिटर ऐलानी जग्गा रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा आरक्षको पूर्वी सिमानासंग जोडिएका सवै क्षेत्रमा घनावस्ती छ । आरक्षको उत्तरी सिमानाको उत्तर तर्फको क्षेत्रमध्ये कोशी नदीको पूर्वी किनाराका (प्रकाशपुर–चतरा सम्म) केही नम्बरी जग्गावाहेक धेरैजसो ऐलानी, वगर तथा नदीको तटीय क्षेत्र छ । यस क्षेत्रका नम्बरी तथा अव्यवस्थित वसोवासलाई उचित व्यस्थापन गरी उत्तर पूर्वी भागलाई समेटी आरक्ष विस्तार गर्न सकिने बढी सम्भावना छ।

आरक्षको दक्षिणी सिमाना देखि पूर्व पश्चिम राजमार्गमा रहेको कोशी व्यारेजसम्म पूर्वी र पश्चिमी किनारामा भएको तटवन्धभित्र पर्ने सवै जमिन (डुवान क्षेत्र) व्यारेज बन्दादेखि नै भारतीय सरकारले कबुलीयती जग्गाको रुपमा लिएको छ। जसले गर्दा उक्त क्षेत्र मध्यवर्ती क्षेत्रको रुपमा घोषणा भैसकेको छ । यस क्षेत्रलाई आरक्षको रुपमा विस्तार गर्न सकिन्छ । आरक्ष क्षेत्र विस्तार गर्दा उच्च वाढीको समयमा समेत वन्यजन्तु जोगाउन सकिने, आरक्ष क्षेत्रको अतिक्रमित जग्गा आफैले उपयोग गर्ने, सिमसार क्षेत्र जोगिने, छाडा चरीचरण नियन्त्रण गर्ने, मानव वन्यजन्तुको द्वन्द कम हुने र जैविक विविधता प्रणालीको संरक्षण हुनेछ । आरक्षको व्यवस्थापन चुस्त–दुरुस्त तथा प्रभावकारी बनाएर सिमसार क्षेत्रमा आधारित संकटापन्न चरा, अर्ना, हात्तीसहित जैविक विविधता, सिमसार तथा मानव वस्तीको सूरक्षा सुनिश्चित गर्ने ध्येयले विस्तारका लागि सम्भाव्यता अध्ययन गर्न समिति गठन गरिएको थियो । कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालको पूर्वी तराईको जैविक विविधता प्रतिनिधित्व गर्ने कोशी नदी तटिय क्षेत्रमा अवस्थित एकमात्र संरक्षित क्षेत्र हो ।

यो आरक्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को प्रावधान अनुरुप नेपालमा हालसम्म रहेका अर्नाहरुको एकमात्र बासस्थान संरक्षण गर्ने मूल उद्धेश्य राखी पूर्वी तराईका उदयपुर, सप्तरी र सुनसरी जिल्लाका केही भागलाई समेटेर वन्यजन्तु आरक्षको वि.सं. २०३२ मा स्थापना गरिएको हो । क्षेत्रफलको आधारमा यो नै नेपालको सबैभन्दा सानो आरक्ष हो । क्षेत्रफलमा सानो भएतापनि जैविक विविधताको हिसावले यो आरक्ष अत्यन्तै महत्वपूर्ण छ ।

यस आरक्षमा पर्याप्त संख्यामा सिमसार रहेकाले ‘चराको स्वर्ग’ भूमि नामले चिनिदै आएको छ । यद्यपी, कोशी टप्पु वन्य जन्तु आरक्षमा पछिल्लो वर्षमा भने नगन्य पाहुना चरा आउने गरेका छन् । २०६५ भदौ २ गते सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएपछिको दुई बर्षसम्म नगन्य पाहुना चरा आएका थिए । तर, त्यसपछिको केही वर्ष पाहुना चरा राम्रोसँग आएपनि पछिल्लो पाँच वर्षयता पनि घट्दो छ। नेपालमा कुल आठ सय ८७ प्रजातिका चरा पाइन्छन् । जसमध्ये लगभग २ सय प्रजाति सिमसारमा निर्भर छन् । हासका मात्र ३४ प्रजाति नेपालमा पाइन्छन् ।

कोशी टप्पुमा मात्र पाँच सय २६ प्रजातिका चरा पाइने गरेका छन् । यहाँ विश्वमै संकटापन्न सुचीमा रहेका २९ प्रजातिका चरा पनि पाइन्छन् ।कोशी टप्पुमा चराको संख्या कम हुनुमा मुख्य कारण त बासस्थानको बिग्रदो अवस्था नै भएको चराविद् डाक्टर हेमसागर बरालले बताउँछन् । यसैका आधारमा यो क्षेत्रलाई नेपालको पहिलो रामसार क्षेत्रका रुपमा वि.सं. २०४४ मा सूचीकृत गरिएको हो ।

सरकारले विसं २०६१ मा आरक्ष वरिपरिका २१५ वस्तीलाई समेटी एक सय ७३.५० वर्ग किलोमिटर क्षेत्रलाई कोशीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र घोषणा भएको थियो । आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन् । यहाँ अग्ला घाँसे मैदान, नदी तटिय वन र सिमसार क्षेत्रमा गरी ५१४ प्रजातिका वनस्पतिहरु सूचीकृत भएका छन् । ३१ प्रजातिका स्तनधारी, ३४ प्रजातीका सरीसृप, ११ प्रजातिका उभयचर, २०० प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाईन्छन् । सन् १९७० को दशकसम्म पाईने पाटेबाघ हाल आएर आरक्ष क्षेत्रबाट लोप भएको छ ।

यहाँ पहिलोपल्ट चितुवा पनि छाड्ने तयारी भएको छ । सप्तरी कञ्चनपुर नगरपालिका वडा नं. २ मा फागुन १ गते फेला पारेर आरक्षको केयर हाउँसमा राखिएको चितुवालाईं सेटलाइट रेडियो कोलार लगाएर छाड्ने तयारी भएको हो । कोशी टप्पुमा रहेको चितुवा झन्डै तीन वर्षको ४४ केजीको छ । चितुवाको वाच्ने आयू अधिकतम १७ वर्षसम्म हुन्छ । आरक्षमा रहेको चितुवा चुरेको फेदिबाट वस्तीमा आएको अनुमान गरिएको छ । आरक्ष स्थापनाकालमा प्रसस्त संख्यामा पाइने गौरीगाई र निलगाई हालका दिनहरुमा देखिन छाडेको अवस्था छ । त्यसैगरी सौंस, घडियाल गोही, खरमयुर, मलाहा विरालोलगायतका वन्यजन्तु कोशी क्षेत्रबाट लोप हुने अवस्थामा पुगेका छन् । यसलाई पनि हामी केन्द्रय सरकारसंग सहकार्य गरि संरक्षणमा ध्ययान दिने योजना अगाडी वढाएका हो ।

कोशी टप्पुमा अर्नाको संख्या अहिले ४१९ वटा छन् । १३ वटा अर्ना अघिल्लो बर्ष चितवन राष्ट्रिय निकुञ्ज सारिएको थियो । आरक्षले स्थापनाकालमा ७६ वटा अर्नादेखि संरक्षण गदैं आएको छ । कोशी टप्पु आरक्ष वरिपरि स्थानियहरुका वसोवासरहेको छ । यस क्षेत्रमा जनावरले हानिनोकसानी पुर्याए वापत रु.पाँच हजारको दरले रकम राहत सहयोग गाउँपालिकावाट दिने गरेको छ । एक महिनमा कम्तिमा तिस देखि पैतिस जनासम्मलाई रकम दिने गरिएको छ ।

यो क्षेत्र देशभरिके नमुना वन्ने हुने भएकोले अब हामी कोशी नदीमा सुमिङ पुल,बोटिङ, भ्युटावर, कोशी टप्पु आरक्षमा पर्यटकिय स्थल,नमुना र देश बिदेश सहितको पर्यटकहरुलाई आकर्षण हुने गरि देश कैं लौकप्रिय रुपको पर्यटनमा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार बिच समझदारी गरि लगानि गरिने कोशी गाउँपालिकाको अध्यक्ष एयूव अन्सारीको दाविरहको छ । कोशी गाउँपालिकाले लोकप्रिय काम र वजेटको सहि सदुपयोग गरेर देश भरिमा नैं गाउँपालिका र नगरपालिका मध्ये दोस्रो स्थान ल्याउन सफल भएको कुरा समेत आल्याउनुभयो । यस्तै कोशी गाउँपालिकाले सडक, बिजुलीबत्ती, स्वास्थय, शिक्षा, जस्ता विकासका साथ साथै गाउँपालिका स्तरिय भैंसी सुन्दरी प्रतियोगिता कार्यक्रम जस्ता नयाँ र नौलो कामको थालनी गरि देश मैं नाम र इतिहास रचन सफल भएको प्रसाशिकिय अधिकृत खगेन्द्र गिरीले वताए ।

तपाईको प्रतिक्रिया