- अमर काफ्ले

इनरुवा। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्वर ८ मा प्रहरीको गोली लागि स्थानीय घाइते भएका छन् ।सीमामा पर्ने घिर्नी पुल नजिक स्थानीय र प्रहरीबिच हात हालाहालको अवस्थापछि गोली चलेको बताइएको छ ।प्रहरीले भने हात हालाहाल पछी हतियार खोसाखोेसको क्रममा गोली चलेको हो । प्रहरीले स्थानीय र प्रहरीबिच बिवाद पश्चात हात हालाहालको अवस्था सीर्जना हुँदा दुवै पक्षका केही घाइते भएको समेत पुष्टि गरेको छ । सुनसरी प्रहरीका अनुसार सही चन्द्रकुमार शाक्य घाइते भएका छन् ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.816932032038457/816931602038500/?type=3&theater
स्थानीयवासीले मापसे गरेका प्रहरीले निहत्थामाथि गोली चलाएको दावी गरेका छन् । स्थानीयका अनुसार प्रहरीले चलाएको गोली लागि स्थानीय जियाउल मन्सुरी घाइते भएका छन् । हातमा गोली लागेका उनको उपचारकालागि बिराटनगर लगिएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.816932032038457/816931608705166/?type=3&theater
प्रहरीले भने तस्कर समूहलाई रोक्ने क्रममा स्थानीय युवा समूहले प्रतिकार गर्न खोज्दा विवाद उत्पन्न भएको जनाएको छ । बढ्दो विवाद हात हालाहालको अवस्थामा पुगेपछि कुटाकुटको अवस्था सृर्जना हुँदा एकजना स्थानीय र स्वयं प्रहरी समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले बताए ।स्थानीयले घटनालाई प्रहरीको ज्यादतीको आरोप लगाएका छन् । घटना पश्चात स्थानीयवासीले सो क्षेत्रमा प्रहरी प्रशासन विरुद्ध नाराबाजी समेत गरेका छन् । स्थानीय संचारकर्मी लुकमान अन्सारीका अनुसार जिल्लाबाट पुगेको प्रहरी टोली र हरिनगर र भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्षको रोहवरमा छलफल गरीएपनि सबैलाई जिल्लामा छलफलकालागि ल्याइएको छ ।
https://www.facebook.com/inaruwaonline/photos/pcb.816932032038457/816931672038493/?type=3&theater

तपाईको प्रतिक्रिया

trusted online casino malaysia