इटहरी । नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उप प्रधानमन्त्री बिजय गच्छदारले नेपाली कांग्रेसले प्रचार प्रसार र समाचार लेखाउँन नजाने बताएका छन । देशमा सञ्चार क्षेत्र शक्तिशाली हुदै गए पनि काग्रेसको मिडिया बाजी गर्ने काममा भने कमजोर भएको बताएका हुन । सुनसरीको इटहरीमा शुक्रबार नेपाल प्रेस युनियनले प्रेस युनियन सुनसरी र नेपाली कांग्रेसबीच सहकार्य तथा आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गच्छदारले कांग्रेसले प्रचारमा ध्यान नदिदा काग्रेसले राम्रो कामको प्रचार गर्न नसकेको गुनासो गरेका हुन । काग्रेसले काम गर्छ प्रचार नगर्दा अन्य पार्टीले त्यसबाट फाईदा लिईरहेको उनको भनाई थियो ।

आफ्नै पालामा राष्ट्रिय सञ्चार नीति लागु भएको र सञ्चार जगतलाई राज्यको चौथो अंगका रुपमा मान्यता दिलाएको स्मरण गर्दै उनले प्रजातन्त्र रक्षाका लागि पत्रकारको कलम निष्पक्ष रुपमा चल्नुपर्ने बताए । गच्छदारले भने, मैले पत्रकारीतालाई राम्ररी नियालेको छु, नयाँ पुस्ताको मनोबिज्ञान बुझेर काम गर्ने सरकार अहिले चुकेको छ । कार्यक्रममा प्रदेश १ का संसदीय दलका नेता तथा नेपाली कांग्रेस सुनसरी सभापति राजीब कोईरालाले पत्रकारको क्षमता अभिबृद्धि गर्नु पर्ने बताए । पत्रकारकाहरु निश्पक्ष भएर समाचार लेख्नु पर्ने उनको भनाई थियो । सामाजिक सञ्जालमा जथाभाबी लेख्ने क्रम बढेको भन्दै त्यसलाई नियन्त्रण गर्नु पर्ने बताए ।

कार्यक्रममा संघीय सांसद सिताराम मेहेताले युनियन सँग पत्रकारले समन्वय गरी आगामी कार्यदिशालाई अगाडि बढाउनुपर्ने उल्लेख गरे । उर्जालाई शक्तिमा बदल्नुपर्ने आजको आवश्यकता हो, उनले भने । पत्रकारहरुकै कारण देशमा नकरात्मक गतिविधिमा कमि आउँने बताउँदै यो समयमा प्रतिपक्षको भुमिकामा सञ्चारमाध्याम बस्नु पर्ने बताए ।

प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले समाचार लेखेर जीवीकोपार्जन गर्न पत्रकारहरु सधै लाग्नु पर्ने बताए । समाचार लेख्ने भन्दा नलेख्ने पत्रकारहरुको संख्या बजारमा बढ्दै गएको बताएका थिए । उनले प्रेस युनियनलाई अझै शस्क्त बनाउँदै लौजाने बताएका छन । कार्यक्रममा कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेल, प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्य, प्रेस युनियन प्रदेश संयोजक लिलाबल्लभ घिमिरे, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का, प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष चेतन धमला, प्रेस युनियन केन्द्रीय पार्षद सचिन पोखरेल लगायतहरूले आफ्नाे धारणा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया