इनरुवा। सुनसरीको कोशी गाउँपालिका ४ जुद्धगन्जका अग्नीपीडित परिवारलाई शनिबार साझ एक गैरसरकारी संस्थाले राहत वितरण गरेको छ । अग्नीपीडित परिवारलाई सुनसरी सदरमुकाम इनरुवामा रहेको समाजिक जिवन केन्द्र (एसएलसी) नेपालले राहत राहत वितरण गरेको हो । आगलागीबाट पीडित १० परिवारलाई (एसएलसी) नेपालले प्रति पीडित परिवार २५ केजी चामल, बाल्टीन १ थान, मग १ थान, झुल १ थान र केही नगद वितरण गरेको आयोजक संस्थाका अध्यक्ष हजरत हुसेनले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा कोशी गाउपालिकाका अध्यक्ष एयुव अंसारी, उपाध्यक्ष अनितादेवी यादव, ४ का वाडा अध्यक्ष अमिन मियाँ, समाजसेवी लतिफ मंसुरी, जुदीन अंसारी लगायतको सहभागीता रहको थियो । शुक्रबार अचानक विद्युत सर्ट भइ आगलागी हुदा ९ परिवारको घर पूर्ण रुपले जलेर नष्ट भएको थियो । अग्नी पीडित परिवारलाई यो भन्दा अगाडी कोशी गाउपालिकाले समेत राहत वितरण गरेको छ । कोशी गाउपालिकाले प्रति पीडित परिवार २५ हजार नगद, ५० केजी चामल, ५ केजी दाल,२ लिटर खाने तेल, ६ केजी भुजा,५ केजी चिउरा लगायतको सामग्री वितरण गरेको कोशी गाउपालिकाका अध्यक्ष एयुव अंसारीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया