धरान। नेपालकै महत्वपूर्ण मानिएको धार्मिक मेला दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला सुनसरीको बराहक्षेत्र नगरपालिका चतरामा शुरु भएको छ । महाकुम्भको उद्घाटन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गर्नुभएको छ । सपटकको धार्मिक महाकुम्भ मेला शुरु भएसंगै यसलाई सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकार, स्थानीय सरकार बराह क्षेत्र नगरपालिका, चतराबासी, धर्म गुरुहरु, स्थानीय प्रशासन लागि परेका छन् । उनीहरुले एक महिनासम्म चल्ने यो अर्धमहाकुम्भ मेलालाई हरेक दृष्टिकोणले सफल बताउने प्रतिबद्धता समेत जनाएका छन् ।

चैत्र २३ देखि ०७६ वैसाख २४ गते अर्थात एक महिना सुनसरीको प्राचीन हरिद्वार चतरामा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेसंगै विधिवत रुपमा शुरु भएको छ । वेद तथा स्कन्द पुराणमा समेत उल्लेख भएको चतराको महिमालाई जीवन्तता दिन र देश विदेशसम्म यसको महिमा फैल्याउने उद्देश्यले आयोजना गरेको यो कुम्भ मेला सफल बनाउन प्रदेश सरकार गम्भीर रहेको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो ।

उहाले सुनसरीको चतरालाई केन्द्र विन्दु बनाएर पूर्वमा रहेका धार्मिक क्षेत्रहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले योजना अगाड बढाएको बताउनुभयो । उहाले धार्मिक पर्यटनसगै सप्तकाशीलाई जल पर्यटनका हव बनाएर लाने प्रतिबद्धता समेत जनाउनुभयो ।

अर्धमहाकुम्भ मेला आयोजन समितिमात्र हैन चतराका सन्त महासन्तले समेत यस मेलालाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । चतराका धार्मिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउदै आउनु भएका कृष्णदाश महाराजले बालसन्त महाराजले ६ बर्ष अगाडि शुरु गर्नुभएको कुम्भ मेलालाई सबैले सहयोग गर्नुपर्न बताउनुभयो । उहाले धार्मिक पर्यटकीय क्षेत्र पुराणमा समेत वर्णन गरिएको यस क्षेत्रका वकासमा अब संघ, पदेश तथा स्थानीय सरकाले सहयोग गर्नुपर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया