धरान। लागू औषध गाजा व्यापार गर्ने गिरोहलाई धरान प्रहरीले प्रक्राउ गरेको छ । विगतदेखि नै धनुकुटा क्षेत्रबाट गाजा भित्रिने गरेपछि प्रहरीले त्यस क्षेत्रमा सुरक्षाकर्मीको टोली खटाउदै आएको थियो । सोही क्रममा प्रहरीले शनिवार अगाडि टेम्पो र पछाडि मोटरसाइकल स्कर्टिङ गरेर ल्याउदै गरेको अवस्थामा धरान १३ शिवधाराबाट २० केजी गाजासहित चार जनालाई प्रक्राउ गरेको हो ।

को १ ह ६२५० नम्बरको टेम्पोभित्र झोलाभित्र प्याकिङ गरी ल्याउदै गरेको अवस्थामा धनकुटाको पाख्रिबास नगरपालिका ६ का ३५ बर्षीय नरबहादुर राई, खाल्सा छिन्ताङ शहिदभुमी गाउँपालिका १ का २३ बर्षीय आइते भन्ने मदन राई पक्राउ परेका हुन । यस्तै टेम्पोलाई अघि अघि स्कर्टिङ गर्ने मोटरसाइकल चालक शहिदभुमी गाउपालिका ३ हाल धरान १७ बस्ते २३ बर्षीय विजय राई पनि पक्राउ परेका छन् ।

यसैगरी गाजा खरिदकर्ता विराटनगर १५ का ३६ बर्षीय सुरज कुमार साहलाई पनि प्रहरीले प्रक्राउ गर्न सफल भएको छ । प्रक्राउ परेका साथीलाई छुटाउन बार्गेनिङ्ग गरेका उनलाई इलाका प्रहरी कार्यालय धरानमा बोलाएर प्रक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले बताउनुभयो । बार्गेनि गर्ने साहका साथबाट रकम दिएर छुटाउन ल्याएको नगद समेत बरामद गरेको उहाले बताउनुभयो ।

प्रक्राउ परेका विजय राईलाई सुरजले बारम्बार फोन सम्पर्क गरेपछि प्रहरीले फोन उठाएको थियो । रकममा प्रहरीले छुटाउन भनेपछि रकम बोकेर धरान आउदै गर्दा धरान ८ साम्पाङ चौकबाट प्रक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरणमा कारबाही हुने डिएसपी तिम्सिनाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia