लहान। एक महिलाले एकै पल्ट तीन सन्तान जन्माएकी छन् । सप्तरीको खडक नगरपालिका २ का २७ वर्षीया श्याम कुमारी सदायले एकै पटक ३ ओटा बच्चालाइ जन्म दिएकी थिइन ।

उनले आज बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा लागेपछि उनलाई सिरहाको लहान स्थित रहेको कामना नर्सिङ होममा लगिएको थियो । एक नवजात शिशुलाई भेन्टिलेटरमा राखिएको प्रहरीले जनाएका छन । सदायको घरमा ३ र २ वर्षका दुई छोरी छन् । सप्तरीक‍ो कडरबोना स्वास्थ्य चौकीमा उनले नियमित स्वास्थ्य परिक्षण गर्दै आइरहेकी थिइन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia