इनरुवा। सुनसरीको भोक्राह-नरसिंह गाउँपालिका-३ सर्बैया टोलमा कुटपिटबाट आइतवार एक बृद्धको मृत्यु भएको छ । राती साढे ११ बजे भोक्राह-नरसिंह गाउँपालिका-७ बस्ने बर्ष २९ को शंकर मण्डल र बर्ष २५ को बुदु मण्डलले सोही ठाउँ बस्ने ७५ बर्षीय जागेश्वर मण्डल पुरानो रिसिईवीको कारण कुटपिट गरेका थिए ।

कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई प्रहरिको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयलयले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया