मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले हिजो १ थान पेस्तोल बरामद गरेको छ । बिहान १० बजे स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पश्चात इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए ।

उक्त स्थानमा तत्काल रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा बट्टा भित्र कालो प्लाष्टिकमा पोको पारेर लुकाई राखेको MADE IN U.S.A. लेखिएको पेस्तोल थान-१, म्याग्जिन थान-१ र सोही पेस्तोलमा प्रयोग हुने २ राउण्ड गोली फेला पारी बरामद गरेको हो । बरामद पेस्तोल बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया