काठमाडौं । विश्वको लोकप्रिय सामाजिक सञ्जाल फेसबुक आइतवार दिउँसोदेखि एक्कासी अवरुद्ध बनेको छ । नेपालमा मात्र नभई विश्वका धेरै देशमा फेसबुक एक्कासी बन्द भएको हो । एसिया, अमेरिका, र युरोपमा सामाजिक सञ्जाल फेसबुक एकाएक अबरुद्ध बनेको छ । आइतबार दिउँसो सवा ४ बजेतिरदेखि नेपालसहित विश्वका धेरै देशमा फेसबुक अबरुद्ध बनेको हो ।
सामाजिक सञ्जाल फेसबुक बन्द भएपछि ट्वीटर सक्रिय भएको छ । पछिल्ला केही समयलाई हेर्ने हो भने ट्वीटरमा ट्रेन्डिङ निकै ठुलो देखिएको छ । फेसबुकको लगानी रहेको इन्स्टाग्राम र ह्वाट्सएप पनि फेसबुककै स्वामित्वमा छ। यी दुई साइट पनि चलेका छैनन् । तीन सामाजिक साइड कसरी एकाएक डाउन भए त्यसको आधिकारिक जानकारी भने आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia