इनरुवा। सुनसरी सदरमुकाम इनरुवा २ बिहिबारे हाटमा दुर्गा मन्दिर निर्माण हुने भएको छ । इनरुवा नगरपालिकाको आर्थिक सहयोगमा इनरुवा २ बिहिबारे हाटमा दुर्गा मन्दिर निर्माण हुने भएको हो ।

मन्दिर निर्माण गर्नका लागि इनरुवा नगरपालिकाका मेयर राजन मेहताले शनिबार सिलान्यास गर्नुभएको छ । करिब ५० लाखको लागतमा इनरुवाको बिहिबारे हाटमा दुर्गा मन्दिर निर्माण हुन लागेको मन्दिर निर्माण समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया