काठमाडौं । बैतडीका मानबहादुर भाट शुक्रबार आक्रोशित मुद्रामा कैलाली, धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा बसेका थिए । ‘के भयो रु अझै कति समय कुर्नु पर्ने हो रु’ उनले श्रम तथा रोजगार कार्यालय, कैलालीका सूचना अधिकारी जयदेव विष्टसँग सोधे, ‘दुई दिन भइसक्यो, आज पनि काम हुने हो कि होइन ।’मानबहादुर यूएई जानका लागि पुनः श्रम स्वीकृति लिन श्रम तथा रोजगार कार्यालय पुगेका थिए । कार्यालयको सर्भरमा समस्या आउ“दा उनीसहित अन्य चार जना त्यहा“ राखिएको बेन्चमा कुरिरहेका थिए । उनीहरूबीच श्रम स्वीकृति पाउन भइरहेको ढिलाइबारे कुराकानी भइरहेको थियो । कुराकानीबीच मानबहादुरले भने, ‘यो भन्दा त काठमाडौंबाट श्रम स्वीकृति पाउन सजिलो भएको थियो ।’ उनी वैदेशिक रोजगारमा गएको १३ वर्ष भइसकेको छ ।

कुराकानीका क्रममा मानबहादुरले त्यहाँ रहेका अरू सेवाग्राहीमाझ भने, ‘छिटो, सजिलो रकम खर्चिलो हुन्छ भन्ने आशाले यहाँ ९धनगढी० पुनः श्रम स्वीकृति लिन आए, तर यहाँ त झन् समस्या भोग्नुपरेको छ । धेरै दिन भएकाले खर्च पनि बढी भइसक्यो । भन्नु त धेरै थियो तर, के गर्ने भनेर रु

उनीजस्तै सास्ती भोगिरहेका डोटीका पूर्णसिंह बोहराले पनि आफ्नो पीडा सुनाए । उनी पुनः श्रम स्वीकृतको प्रतिलिपिमा नाम सच्याउनका लागि धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा आएका थिए । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयमा सेवा पाउनका लागि आउने प्रायः सेवाग्राहीको यस्तै खालको गुनासो रहने गरेको छ ।

कार्यालयले पनि सेवाग्राहीलाई छिटोछरितो ढंगले सेवाप्रवाह गर्न नसकेको स्विकारेको छ । कार्यालयका अनुसार दरबन्दीनुसार कर्मचारी नहुँदा र वैदेशिक रोजगार दुर्घटना बीमा गर्न तथा कल्याणकारी कोष रकमजम्मा गर्ने बैंक टाढा भएको हुँदा ढिलाइ हुने गरेको जनाएको छ ।

श्रम तथा रोजगार कार्यालयमा उपसचिवस्तरको कार्यालय प्रमुखको दरबन्दी रहे पनि सरकारले अहिलेसम्म पठाएको छैन । सेवा सुरु गर्दा कार्यालयमा विभागले एक जना भाषा अनुवादक पठाएको र एक जना कम्प्युटर अपरेटर कार्यालयले नियुक्त गरेको छ ।कार्यालयका अनुसार सुदूरपश्चिमबाट गत चैत मसान्तसम्म मलेसियामा १४८, यूएईमा २३६, कतारमा १२९, साउदी अरबमा १६४, कुवेतमा ३१, ओमानमा ६ जनाले पुनः श्रम स्वीकृतिलिएका छन् । राजधानीबाट ।

तपाईको प्रतिक्रिया