काठमाडौं / सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् ।

स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्षपहिले नै जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो । उतिवेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन् । अहिले दिवंगत हजारी साहूका नातिहरू श्रवणकुमार साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए । वडाध्यक्ष रामकुमार यादवले जग्गामा बस्ती तथा बाटोसमेत नरहेको सिफारिस दिएपछि जग्गा बिक्री भएको हो ।

सिंगै दलितबस्ती जग्गा दलालकहाँ बिक्री भएको सार्वजनिक भएपछि ६ पुस ०७५ मा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झासहितको टोली दलितबस्तीमा पुगेको थियो । उनीहरूले कानुनी प्रक्रियामा गए दलितको मुद्दा निःशुल्क लडिदिने आश्वासन दिएका थिए । तर, अहिले त्यो आश्वासन पूरा नभएको पीडितको गुनासो छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia