काठमाडौं । राज्यविरुद्धको मुद्दाको सुनुवाईपछि सर्वोच्चको आदेशमा रिहा भएका पत्रकार जितेन्द्र महर्जनलाई प्रहरीले सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ गरेको छ ।नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दे सर्वोच्चले महर्जनलाई रिहा गर्न आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डम्बरबहादुर शाहीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको थियो । वस्तुनिष्ट आधार र कारणबिना महर्जनलाई पक्राउ गरेको र अनुसन्धानका क्रममा भन्दै थुनामा राख्ने कार्य मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ को दफा ९ विपरीत रहेको सर्वोच्चको ठहर छ ।

आदेशमा भनिएको छ, ‘निश्चित राजनीतिक आस्था भएकाले प्रवृत्त भावनाबाट कानुनको उचित कार्यविधि पालना नगरी थुनामा राख्न पनि नमिल्ने, पटक–पटक म्याद थप गरी हिरासतमा राखिरहनु न्यायिक दृष्टकोबाट समेत औचित्यपूर्ण नदेखिएकले जितेन्द्र महर्जनको हकमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’

महानगरीय प्रहरी परिसर टेकुले महर्जनलाई पक्राउ गरी राज्यविरूद्वको कसुरसम्बन्धी मुद्दा लगाएको हो । समाचार संकलनका क्रममा रहेका पत्रकार महर्जनलाई नेत्रविक्रम चन्दनिकट नेकपा कार्यकर्ता भन्दै प्रहरीले काठमाडौंबाटै पक्राउ गरेको थियो । राजधानीबाट ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia