- अमर काफ्ले

सीटीजन लाइफ इन्स्योरेन्स इनरुवा शाखाले बीमित इन्द्रकमला परियारको परिवारलाई बीमा वापतको रकम उपलब्ध गराएको छ ।१० वर्षे बीमा गरेकी इन्द्रकमलाको तीन महिना अघि मृत्यु भएको थियो । बीमा वापतको पहिलो किस्ता २१ हजार तिरेकी परियारको क्यान्सर रोगका कारण निधन भएको थियो । इन्द्रकमलाले सीटीजन जीवन सारथी बीमा अन्र्तगत १ लाख ५० हजारको बीमा गराएकी थिइन् । मृतकको परिवारले बिमा सम्झौता र इन्स्योरेन्सको नियम बमोजिम १ लाख ५० हजार रकम प्राप्त गरेको हो ।

इनरुवा शाखा प्रमुख सुरज काफ्लेले मृतकका पति लालबहादुर परियारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मृतकको घर पुगेर सीटीजन लाइफ इन्स्योरेन्स इनरुवा शाखाका कर्मचारी सहितको टोलीले बीमा वापतको चेक इन्द्रकमलाका पति लालबहादुर परियारलाई हस्तान्तरण गरेको हो ।

सीटीजन लाइफ इन्स्योरेन्सको जीवन सारथी योजना अन्र्तगतको बीमाले बीमीतको हकमा गम्भिर प्रकृतिका ठूला रोगको स्वास्थ्योपचार खर्च समेत बेहोर्दै आएको छ । निश्चित समयावधीको किस्ता पश्चात तोकिएको बीमा अवधी समाप्ती पश्चातको रकम भुक्तानी पछि समेत सीटीजन लाइफ इन्स्योरेन्सले बीमीतका हकमा कम्पनीको नियमानुसार सेवा र सुविधालाई निरन्तरता दिने गर्दछ । जसका कारण बीमीत स्वंम वा परिवारले थप लाभ लिन सक्छन् । जसका कारण समेत इनरुवा सहित आसपासको क्षेत्रमा बीमा गर्नेहरुको रोजाईमा सीटीजन लाइफ इन्स्योरेन्स प्राथमिकतामा पर्न थालेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia