- प्रमोद कुमार यादव

इनरुवा अनलाईनका संवाददाता प्रमोद कुमार यादवले नेकपा सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल पप्पुसँग गरेको संक्षिप्त कुराकानीमा आधारितः

ने.क.पा. सुनसरीका अध्यक्ष योगेन्द्र मण्डल पप्पुको जन्म वि. सं. २०३६ साल बैशाख २९ गते सुनसरी जिल्लाको श्रीपुरजब्दी गाविस वडा नं. ६ हालको कोशी गाउँपालिकामा भएको हो । पिता छुतहरु र माता कारोदेवीका ६ जना छोरा मध्ये योगेन्द्र ५ औं छोरा हुन् । योगेन्द्रको ४ जना दिदीबहिनी छन् । योगेन्द्रले आफ्नो प्रारम्भिक शिक्षा श्रीपुरजब्दीमा नै लिए । श्री रानी प्रा.वि श्रीपुरजब्दी ४ बाट २०४७ सालमा कक्षा ५ सम्मको शिक्षा प्राप्त गरी कक्षा ६ को शिक्षा हासिल गर्न इनरुवा नगरपालिकाको भगवती माध्यमिक विद्यालयमा भर्ना भए । २०५२ सालको टेष्ट परिक्षा फेल भएपछि २०५३ सालमा संर्घष र अध्ययनलाई निरन्तरता दिदैँ टेष्ट परिक्षा उर्तिण भए । २०५६ सालमा सप्तरीको मैना कडेरी चुमनहरी श्री जनता माध्यमिक विद्यालयबाट एस.एल.सी. उत्तीर्ण भई २०५६ सालमा सुनसरी बहुमुखी क्याम्पस इनरुवामा आई.ए अध्ययन सूरु गरे । विविध समस्याका कारण सुनसरी बहुमुखी क्याम्पसबाट शिक्षा हासिल गर्नबाट बञ्चित बनेका योगेन्द्रले भारतको बिहार सि.एम. साईन्स कलेज मधेपुराबाट सन् २००२ मा आई.एस.ई. र सन् २००५ मा बिहारकै बि.डी इभनिङ कलेज मधेपुर पटनाबाट बि.ए. पास गर्न सफल भए ।

अलिक ढिलो उमेरमा पढाई सूरु गरेकाले मण्डलको त्यतिबेला आफू भन्दा बढी उमेरका साथीहरुसँग संगत थियो । विद्यालयकै शिक्षा हासिल गर्ने क्रममा बिष्णु मानन्धर पार्टी नेकपाबाट हँसिया चुनाव चिन्ह लिएर उम्मेदवार बनेका माधुरी प्रसाद यादवको पक्षबाट दाजु पंचनारायण मण्डलसँगै योगेन्द्र पनि प्रचार प्रसारमा सक्रिय पूर्वक सहभागी लागे। २०४९ सालमा दाजू पंचनारायणको पहलमा एमाले समर्पित विद्यार्थी संगठन अनेरास्ववियु आवद्ध भए ।

विद्यार्थी राजनितिमा निकै सक्रिय योगेन्द्रले २०५१ सालमा अनेरास्ववियूका उम्मेदवार राम कोइरालाको नेतृत्वलाई जिताउन अहोरात्र कार्य गरे । अर्को पटक २०५७ सालमा रमानन्द मण्डललाई उपाध्यक्ष पदमा निर्वाचित गराउनमा योगेन्द्र मण्डलको निकै भुमिका रहेको थियो । सानै देखि सामाजिक एवं पारिवारिक अन्यायका साथै सामन्ती दलाल, शोषण दमन गर्नेहरुको विरुद्ध आवाज उठाउने र प्रतिकार गर्ने स्वभावका योगेन्द्रले गाउँमा धेरै पटक जातिय भेदभाव एवम सामाजिक अन्यायको विरुद्धमा प्रतिकार गर्दा बारम्वार विवाद उत्पन्न हुने अवस्था सृजना हुन थालेपछि उनलाई ठुलो दाइ पंचनारायणले इनरुवामा रहेको आफ्नो कल्याण कानुनी सेवामा लेखापढी गर्ने काममा लगाए । २०५३ साल देखि लेखापढी व्यवसायीमा संग्लन उनले २०५५ मंसिर २७ गते लेखापढीको प्रमाण–पत्र प्राप्त गरे । २०५५ सालमै योगेन्द्रले सप्तरी जिल्लाको डेरहरा गाविसकी विभा मण्डलसँग विवाह गरे । अहिले योगेन्द्र श्रीमती, एक छोरा र तीन छोरी सहित इनरुवा नगरपालिका २ क्रान्तिकारी टोलमा बसोवास गर्दै आएका छन् ।

२०५६ सालमा श्री सुनसरी बहुमुखी क्याम्पस इनरुवामा आई.ए. मा अध्ययनको क्रममा उनको अनेरास्ववियु (क्रान्तिकारी) का साथीहरु मनोज यादव, लक्षमण मेहता, देवी रिजाल लगायत धेरै सँग भित्रि सम्बन्ध एवम बैचारिक निकटता थियो । तर दाजु एमाले भएको र सत्रुको आँखा छल्न त्यतिबेला उनले एमाले समर्थित अनेरास्ववियूकै मान्छे भनेर परिचय गथ्र्यौ । त्यसबेला दाजु एमाले भएको र केही मानिसले दाजुको कान फुकेकोले बैचारिक मतभेद हुनगई पारिवारिक अंशवण्डा समेत हुन गई लेखापढी व्यवसायी पनि अलग हुन पुग्यो । त्यसपछी योगेन्द्रले साथी सत्यनारायण साह, र रघुविर मण्डलसँग मिलेर जिल्ला मालपोत कार्यालय इनरुवामा कल्याण लेखापढी सेन्टर खोलेका थिए ।

पेशा र राजनितिमा मण्डल स्थापित हुदै गएको त्यतिबेला डुम्राहामा अल्लाउद्दिन गोली काण्ड भयो । गोली काण्ड भएपछी योगेन्द्र सप्तरीका कमरेडहरु बेदन साह, बलराम मेहता, सुकदेव यादव, रणजित यादवसँग राम्रो चिनजान उनि उतै गए । साथी सत्यनारायण साहु ससुराली तनमुनामा गएर बस्यो । मण्डल अद्र्ध भुमिगत शैंलीमा संगठनको काममा निरन्तर लागि नै रहे । यही क्रममा २०५८ सालमा महेन्द्र मोरङ क्याम्पस बिराटनगरमा कृष्ण बहादुर महरा आउँदा योगेन्द्र मण्डल सहित डुम्राहाबाट उमेश साह, शिवनन्दन साह, लक्ष्मण मेहता लगायतले बसमा कार्यकर्ता लगेका थिए । मण्डलकै पहलमा सोही कार्यक्रममा श्रीपुरबाट देवनारायण मुखिया लगायत कमरेड ट्रकमा लगेका थिए । त्यस बेला योगेन्द्र मण्डलको पार्टीमा मनोज नाम थियो भने अहिले पप्पु हो । संर्घषमय जीवन अगाडि बढाउने क्रममा भुमिगत पार्टी नेकपा(माओवादी) मा अध्ययनको सहज र सुरक्षित वातावरण नभएकोले उनी सुनसरी बहुमुखी क्याम्पस इनरुवामा अध्ययन गर्नबाट बञ्चित भए । त्यस कारण उनले बिहारबाट बि.ए. सम्मको अध्ययन गर्न बाध्य बन्न पुगे ।

राजनितिक उत्तार चढाव र पार्टीको साँगठनिक जिम्मेवारीले गर्दा सरकारी नौकरी एवम व्यापार व्यवसाय नगरी उनले सधैँ डब्लु टि भएर नै काम गरे । भुमिगत समयमा नेकपा (माओवादी) पार्टीको बिभिन्न पदमा जिम्मेवारी सम्हाल्दै सुनसरी, मोरङ, सप्तरी, सिराहा सम्म पार्टी संगठन विस्तार र जनताको वकालत गर्दै हिंडे । सोही क्रममा पटक पटक शत्रुको घेरामा परेपनि ज्यान जोगाउन सफल भए ।

२०६२ सालमा ७ राजनितिक दल र नेकपा (माओवादी) पार्टी बिच सहमति भएपछि अद्र्ध भुमिगतशैंलीमा मण्डलले माओवादीको पक्षमा मानव सागर ओराल्न सक्रिय भुमिका निर्वाह गरेका थिए । पार्टीमा ईमान्दार, निष्ठापूर्व र सक्रियताका साथ काम गरेकै कारण मण्डल २०६३ सालमा नेकपा(माओवादी) सुनसरीको जिल्ला सदस्य छनौट भए ।

२०६३ सालमा मधेश आन्दोलनको क्रममा पार्टीको १० बर्षे जनयुद्धको साख बचाउन उनले स्वंयम संगठनको रक्षाको लागि आवश्यक प्रतिकार गर्न पहरेदारीको भुमिका निर्वाह गरे । २०६४ सालको संविधान सभा निर्वाचनमा माओवादीको पक्षमा जनमत ल्याउन बिभिन्न जिल्लामा काम गरे । उनी २०६५ साल देखि माओवादी र माओवादीको बिचारमा बैचारिक छलफल अभियानमा समेत सहभागी बने । २०६५ सालमा मातृका यादव नेतृत्व पुर्नगठन अभियान ने.क.पा. (माओवादी) पार्टीबाट जनताले मुक्ति पाउँछन् र जनआन्दोलनको जगमा टेकेर दीर्घकालिन जनयुद्ध गर्छु र गाँस, वास, कपास, शिक्षा, रोजगार, स्वास्थ्य ग्यारेण्टी गर्नुपर्छ । जनमुखी संबिधान जनताको गणतन्त्र नेताको गणतन्त्र होइन अभियान साथ सुनसरी सक्रेटरी जिम्मेवारी सम्हालेका थिए ।

त्यतिबेला मातृका यादवसँग योगेन्द्र मण्डलको नेतृत्वमा नेकपा माओवादीका प्रल्हाद चन्द्रवंशी, धर्मेन्द्र राय थिए । त्यसपछी २०६६ सालमा मोरङ जिल्लाको ईञ्चार्ज पनि बनेर काम गरे । २०६९ सालको भेलाबाट केन्द्रिय सदस्य तथा व्यूरो ईञ्चार्जको जिम्मेवारी सम्हाली उनले काम गरे । २०७३ साल जेष्ठ ६ गते घनिभुत छलफलपछि माओवादी पार्टी फुटमा भन्दा पनि जुटमा बलियो हुन्छ भनी १० माओवादी बिच एकताको क्रममा १३ बुदेँ सहमति सम्झौता गराउनमा पनि योगेन्द्रले सक्रिय भुमिका निर्वाह गरेका थिए । त्यसपछि नेकपा माओवादी(केन्द्र) को केन्द्रिय पोलिट ब्यूरो सदस्य र प्रदेश नं. १ मा संयोजन समितिको सदस्य तथा सुनसरी जिल्ला कमिटीको सहसंयोजक भई पार्टी संगठनमा अहोरात्र क्रियाशिल योगेन्द्र मण्डल पप्पु अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिचको एकता प्रक्रियापछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुनसरी जिल्लाको अध्यक्ष पदमा जिम्मेवारी पाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia