इनरुवा । सुनसरी सदरमुकाम इनरुवाका बिप्लव घोषको नेतृत्वमा १ नम्बर प्रदेश मनमोहन मेमोरियल क्रिकेट सेन्टर कमिटी गठन भएको छ ।

समितिको पदाधिकारीहरुमा अध्यक्षमा सुनसरी इनरुवाका बिप्लव घोष सहित सदस्यहरु झापाका शंकर थापा, सुनसरीका सुमन भट्टराई, मोरङका प्रदिप राज पान्डे, इटहरीका चेतनाथ पौडेल, सुनसरीका निर्मल श्रेष्ठ, मोरङका राजेश पोखरेल,सुनसरीका राजन भुजेल, करण बिष्ट, राजन निरौला, कोशी गाउँपालीका भाण्टावारीका सत्रुघन चौधरी, इलामका महेश राई, सुनसरीका घनश्याम अधिकारी र उदयपुर जिल्लाका राज कुमार रोक्का रहेका छन् । गठित समिति अध्यक्ष घोषका अनुसार वैशाख १६ गते बिहान ७:३० बजे इटहरीको डिभिएम स्कुलको मैदानमा १ नम्बर प्रदेशको टोलिको लागि ट्यालेन्टहन्ट मार्फत १६ वर्षमुनीको खेलाडी छनोट गरिनेछ ।

तपाईको प्रतिक्रिया