इनरुवा। मुख्य बजार क्षेत्रको सडक विस्तार गरि सहायक राष्ट्यि राजर्माग बनाउदा धेरै भौतिक संरचनाहरुमा क्षति पुग्ने भन्दै इनरुवा नगरपालिकाले बैकल्पीक स्थानबाट बनाउन प्रस्ताव सहित प्रधानमंत्री लगायतका सरोकारवाला मन्त्रालयहरुमा आज डेलिगेसन गएको हो।

सडक विभागद्धारा इनरुवा, कौवाखोच कप्तानगंज सडकलाई सहायक राष्ट्यि राजमार्गको रुपमा प्रस्ताव गरि ४२ मिटर क्षेत्र भित्रका संरचनाहरु हटाउन भन्दै इनरुवा नगरपालिकालाई डिभिजन सडक कार्यालय विराटनगरले पत्रचार गरेपछि बैकल्पीक प्रस्ताव सहित नगरप्रमुखको नेतृत्वमा डेलिगेसन गएको हो। सुनसरीको सदरमुकाम समेत रहेको ऐतिहासिक इनरुवा बजार भएर सहायक राजमार्ग बनाउदा अरबौको नोक्सानी हुने तर्फ मध्यनजर गर्दै डेलिगेसनमा जाने निर्णय भएको जनाइएको छ ।

इनरुवाको सखुवागाछी देखि बविया सम्मको मुख्य बजार क्षेत्रमा ४२ मिटर सडक विस्तार गर्दा नगरवासीको अरबौको भौतिक संरचनाहरुमा क्षति पुग्ने भएकाले सर्वपक्षिय छलफल गरि बैकल्पीक प्रस्वात सहित प्रधानमन्त्री, अर्थ मन्त्रालय र शहरी विकास मन्त्रालयमा डेलिगेसन जाने नियर्ण भएको नगरप्रमुख राजन मेहताले वताए । लामो समय देखि इनरुवाको मुख्य बजार क्षेत्रको रुपमा रहेको सखुवागाछि देखि बविया सम्मको सडक मापदण्डका विषयलाई लिएर मर्मत संभार तथा विस्तारको काम हुन सकिरहेको थिएन भने अहिले सर्वपक्षिय सहमतिपछि ५२ फिटको मापदण्ड बनाएर काम बढाइएको तथा बैकल्पीक प्रस्तावका रुपमा अन्य चार ठाउँ मध्ये एक ठाउँबाट सहायक राष्ट्यि राजमार्ग बनाउने प्रस्ताव लिएर काठमाडौं जाने निर्णय भएको जानकारी समेत नगरप्रमुख मेहताले दिए ।

इनरुवा बजार क्षेत्रको विकल्पको रुपमा पुर्व पश्चिम राजमार्गको इनरुवा ६ को शंकरपुर शाखा नगरको छेउबाट कप्तानगंज, कौवाखोज पुर्व पश्चिम राजमार्गको इनरुवा ४ को नयाँ बस पार्क देखि बविया बजार हुदै कौवाखोज सम्म, पुर्व पश्चिम राजमार्ग सडक खण्डको इनरुवा ४ हनुमान मन्दिर देखि बबिया जल्पापुर हुदै कौवाखोज सम्म र दुहवी इनरुवा सडक खण्ड अन्र्तगत इनरुवा ५ को देवेन्द्र चौकको पुर्वबाट बविया बजार हुदै कौवाखोज सम्मका चार स्थानबाट बैकल्पीक सहायक राष्ट्यि राजमार्गको प्रस्ताव नगरपालिकाले अघि सारेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia