इनरुवा । सुनसरी सदरमुकाम इनरुवा ३ स्थित जनकस्मृति माध्यमिक विद्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरी बार्षिक पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कक्षामा उत्कृष्ट भएर उत्तिर्ण भएका विद्यार्थीहरु र बर्षभरी संचालन भएको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरिएको जनक स्मृति माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल निरज नेपालले जानकारी दिए ।

विद्यालयबाट कक्षा प्रथम गर्नेलाई मासिक शुल्कमा सतप्रतिशत निःशुल्क, दोस्रो हुनेलाई ५० प्रतिशत निःशुल्क गर्ने समेत पुरस्कारको कार्यक्रममा जानकारी गराइएको थियो ।यस्तै जनक स्मृति माध्यमिकबाट प्रत्येक बर्ष एसईई परिक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने एक जना विद्यार्थीलाई कक्षा ११ मा १५ हजार र कक्षा १२ अध्ययन गर्नका लागि १५ हजार गरी ३० हजार उपलब्ध गराउने गरेको कार्यक्रम निरन्तर नै जारी रहेको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया