- प्रमोद कुमार यादव

इनरुवा। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले लागू पदार्थ दुर्वयसनी सम्बन्धि किसोर किसोरीहरुलाई जनचेतना फैलाउने उत्कृष्ट योजना ल्याएका छन्। मुलुकमै दोस्रो र प्रदेश नं. १ को सवै भन्दाबढि लागू औषध प्रभावित जिल्लाको रुपमा परिचित सुनसरीमा यस्ता गतिविधी घटाउनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी अधिकारीले विद्यालय तहबाटै जनचेतना फैलाउने कार्य शुरु गरेका छन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत एसपी अधिकारीको योजनामा किशोर किशोरीलाई लागु औषधका प्रकार, प्रयोगको अवस्था र असर सम्बन्धको विषयमा जानकारी दिने उद्देश्यले जिल्लाको बिभिन्न १६ वटा विद्यालयमा फ्यान क्लब गठन गरिएको छ । कार्यक्रम मार्फत लागू औषधको कारोवार र सेवन गर्नेहरुका लागि कानुनी सजायको व्यवस्था सम्बन्धित किसोरकिसोरीहरुलाई जनचेतना दिने योजना रहेको एसपी अधिकारीले बताए ।

लागु औषध सेवनबाट शारीरिक, मानसिक, आर्थिक, सामाजिक, सबै खालको असर पर्ने भएकोले यसको नियन्त्रणमा प्रहरीले मात्र नभएर सम्पूर्ण जनसमुदाय लाग्नुपर्ने उनले बताए ।
सुनसरीमा गाँजा, चरेश, अफिम, कोकिन, ब्राउन सुगर, जस्ता लागू पदार्थको कारोवार हुने गरेको र फेन्सिडिल, फेनार्गन, कोरेक्स, डाइजिपाम, मोरच्युन, टिजिडसिक, डेन्ड्राइट तथा ट्यावलेट, पाउडर र इन्जेक्सन प्रयोग हुने गरेको पाइएको सुनसरी प्रहरीले जनाएको छ । जिल्लामा हुने ७० प्रतिशत अपराधका घटनामा लागू पदार्थ दुर्वयसनीको संलग्नता हुने गरेको अवस्थालाई मद्देनजर गरी यस्ता खाले गतिविधी घटाउन र किशोर किशोरीको व्यवहारमा परिवर्तनका लागि एसपी अधिकारीले किशोर किशोरीलाई जनचेतना फैलाउने योजना ल्याएका हुन् ।

तपाईको प्रतिक्रिया