इनरुवामा प्रथम वडा स्तरीय इनरुवा मेयर कप भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
इनरुवा नगरपालिकाको आयोजना तथा युथ फर नेपालको व्यवस्थापनमा २३ गते सोमबारबाट प्रतियोगिता संचालन गर्न लागिएको हो ।
इनरुवा १ महानन्द पार्कमा खेलाइने प्रतियोगितामा नगरका दश वटै वडाको सहभागिता रहने युथ फर नेपालका अध्यक्ष दिपेश ढकालले बताए ।
युथ फर नेपालले इनरुवामा पहिलो पटक भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई शिल्ड सहित सम्मान गरिने ढकालले बताए । प्रतियोगिता दिउँसो २ बजेबाट संचालनमा ल्याइने बताइएको छ ।

तपाईको प्रतिक्रिया