काठमाडौं । बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रियाका क्रममा गलत समूहको रगत चढाउँदा सर्लाहीकी ५ बर्षीया आकृती साहको ज्यान गएको छ । अस्पतालका डा. रविन्द्रभक्त तिम्लाले बालिकालाई शल्यक्रियाको क्रममा गलत रगत दिएको स्विकार गरेका छन् ।

मुटुको भल्भमा समस्या देखिएपछि १३ गते अस्पतालमा भर्ना गरिएको साहको १७ गते शल्यक्रिया भएको थियो । शल्यक्रिया गर्नु पूर्व अस्पतालले नै टेष्ट गरेका सबै रिपोर्टमा उनका रगत समूह ‘ओ’ पोजेटिभ रहेको छ ।

तपाईको प्रतिक्रिया