काठमाडौं । खोप कार्यक्रमअन्तर्गत सरकारले यो वर्ष १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको छ । तर, अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित भएका छन् । स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न प्रकृतिका रोगविरुद्ध अझै २२ प्रतिशत बालबालिकाले खोप लगाउन पाएका छैनन् । सरकारले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेको बताउँदै आए पनि विशेषगरी ग्रामीण क्षेत्रका बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको अवस्था छ ।

हाल स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाबाट ११ प्रकृतिका खोप १६ हजार खोप केन्द्रबाट उपलब्ध गराउँदै आएको छ । जनचेतनाको अभावका कारण ग्रामीण क्षेत्रका बालबालिका खेपबाट वञ्चित हुनुपरेको छ भने अर्कोतिर खोप कार्यक्रमबारे जानकारी नहुँदा इँटा भट्टामा काम गर्ने अभिभावकका बालबालिका खोप लगाउनबाट वञ्चित हुनुपरेको छ । खोप कार्यक्रमअन्तर्गत मुलुकका ५६ हजार ७ सय बालबालिकाले यो वर्ष क्षेयरोगविरुद्धको खोप ‘बीसीजी’ लगाउन पाएका छैनन् । त्यस्तै, ६९ हजार ३ सय बालबालिकाले भ्यागुते रोग, लहरेखोकी, धनुषटंकार रोगविरुद्धको खोप पेन्टा ९डीपीटी, इन्फुलन्जा, हेपाटाइटीस बी० खोप लगाउन पाएका छैनन् ।
परिवार स्वास्थ्य महाशाखाअन्तर्गत खोप शाखाका अनुसार ६९ हजार ३ सय बालबालिकाले पक्षघातविरुद्ध पोलियो खान पाएका छैनन् भने एफआईपीभी खोप लगाउन पाएका छैनन् । यसैगरी, ७५ हजार ६ सय बालबालिका निमोनियाविरुद्ध पीसीभी खोप लगाउनबाट वञ्चित हुनुपरेको छ भने ७५ हजार ६ सय बालबालिका मस्तिष्क सुजन ९इन्सेफलाइटिस०विरुद्ध जेई खोप लगाउनबाट वञ्चित भएका छन् ।

खोपको नाम खोपबाट वञ्चित बालबालिका

मिजल्स/रुवेला ९एमआर० १ लाख ८९ हजार
बीसीजी ५६ हजार ७ सय पेन्टा ९डीपीटी, इन्फुलन्जा, हेपाटाइटिस बी० ६९ हजार ३ सय
पोलियो ९ओरल०, एफआईपीभी इन्जेक्सन ६९ हजार ३ सय
पीसीभी ७५ हजार ६ सय जेई ७५ हजार ६ सय रोटा भाइरस लागू गर्ने योजनामा सरकार रहेको छ

यसैगरी, दादुराविरुद्ध रुवेला खोप लगाउनबाट वञ्चित हुने बालबालिकाको संख्या १ लाख ८९ हजार रहेका छन् । यसरी खोप कार्यक्रम प्रभावकारी हुन नसक्दा ती बालबालिका विभिन्न रोगको उच्च जोखिममा रहेका छन् ।

‘खोप र खोपजन्य सामग्री, कोल्डचेन सामग्री खरिदका लागि १ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भएको छ’, खोप शाखाका खोप अधिकृत जगन्नाथ दंगालले भने, ‘खोप लगाउन योग्य एक वर्षमुनिका बालबालिकाको संख्या ६ लाख ३० हजार रहेको छ । हामीले सकेसम्म सबै बालबालिकालाई खोप अभियानमा समेट्ने प्रयास गरेका छौं ।’

सबै प्रकारका भ्याक्सिन विदेशबाट आयात हुने गर्छन् । गभी नामक संस्थाबाट पेन्टा, पीसीभी, एमआर ९सेकेन्ड डोज० भ्याक्सिन आउने गरेको महाशाखाले जनाएको छ । झाडापखालाविरुद्ध प्रयोग हुने रोटा भाइरस यो वर्षभित्र लागू गर्ने सरकारको योजना छ ।

यस्तै, पाठेघर क्यान्सर रोगीको संख्या नेपालमा दिनप्रतिदिन बढ्दै गएको छ । यसको नियन्त्रणका लागि सरकारले नयाँ रणनीतिका साथ अघि बढेको महाशाखाले जनाएको छ । महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप सुरु गरिने योजना सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । यसको तयारीका लागि सरकारले सन् २०१५÷१६ मा पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोपका लागि कास्की र चितवनमा पाइलोटिङ गरेको थियो । महाशाखाका खोप अधिकृत दंगालले यो खोप नौ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई लगाइने तयारी गरेको जानाए । राजधानीबाट ।

तपाईको प्रतिक्रिया