इनरुवा । युवाहरुलाई साामजिक काममा अभिप्रेरित गराउँदै आएको नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल सुनसरीले आज इनरुवामा निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेको छ । केहि दिन देखि सुरु भएको प्रचण्ड गर्मीका कारण बटुवाहरुलाई समेत हिँड्न सास्ती भइरहेको देखेपछि तरुण दल सुनसरीले इनरुवा, धरान, इटहरी तथा तरहरामा शुद्ध खानेपानी तथा सर्वत पानी वितरण गरेको हो ।

तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले प्रचण्ड गर्मीका कारण दिउँसो आम नागरिकलाई काम गर्न र गन्तब्यमा पुग्न समेत असहज भइरहेको देखेपछि आफुहरुले निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेको बताए । उनले यो कार्य आवश्यक्ताका आधारमा अन्य क्षेत्र र दिनहरुमा समेत गरिने बताए । ‘केहि दिन यता यहाँ प्रचण्ड गर्मी बढेको छ, गर्मीका कारण दिउसो बजार चोकमा निस्कन समेत समस्या छ । गर्मीमा आ–आफ्ना गन्तब्यमा हिँडेका यात्रुहरुलाई सहज होस भनेर तथा युवाहरुलाई सामाजिक क्षेत्रका लाग्न अभिप्रेरित गर्ने उद्देश्यले निःशुल्क खानेपानी तथा सर्वत वितरण गरेका हौं ।’ उनले भने ।

पछिल्लो वर्षहरुमा सुनसरी तरुण दलले युवाहरुलाई सामाजिक काम गर्न उत्प्रेरणा दिँदै आएको छ । दुई वर्ष अघि तराईका विभिन्न क्षेत्रमा आएको भिषण बाढीबाट आक्रान्त जनतालाई राहत वितरण र उनीहरुको पुर्नस्थापनामा तरुण दल सुनसरीले उदाहरणीय कार्य गरेको थियो । तरुण दल सुनसरीले अन्य समयमा पनि विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया