इनरुवा । सुनसरीको कोशी गाउँपालीकामा बस पल्टिँदा ७ जना यात्रु घाइते भएका छन् । सीमा प्रहरी चौकी भाण्टावारीका अनुसार कोशी गाउँपालीका ८ स्थित तिनकुनेमा पश्चिम बाट पूर्व जादै गरेको ना ७ ख १४४० नम्बरको बस अनियन्त्रित भई पल्टिँदा ७ जना घाइते भएको हो ।

पूर्व पश्चिम् राजमार्ग अन्तर्गत उक्त बस अनियन्त्रित भई २० फिट तल खसेको थियो । घाइते हुनेहरुमा झापाको अर्जुनधारा ५ बस्ने ५६ वर्षका गिरिवाण बिजय खड्का, ताप्लेजुङ जिल्लाका २७ वर्षका कमला लिम्बू, सुनसरीको इनरुवा १० जल्पापुर बस्ने २३ वर्षका शमशाद आलम, ईलाम जिल्ला दानबारी ६ बस्ने ३२ वर्षका बुदुलाल सत्तार, मोरङको उर्लाबारी ५ बस्ने वर्ष ३४ का बुद्धिचन्द लिम्बू र झापाको सुरुङ्गगा नगरपालिका ५ बस्ने वर्ष ३५ का टंक सुवेदी रहेका छन । घाइते सबैलाई उपचारको लागि बिराटनगर नरसिंह होम पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया