- निश्चल शर्मा

इनरुवा। एमएडब्ल्यू इण्टरप्राइजेजले मंगलबार देखि सुनसरी सदरमुकाम इनरुवामा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । कम्पनीले पाथीभारा ईन्टरप्राईजेज नामको नयाँ शोरुम इनरुवामा सञ्चालनमा ल्याएको हो । कम्पनीले पाथीभारा ईन्टरप्राईजेज शोरुम मार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्री एस’ सेल्स, सर्भिस र स्पेयर पार्ट्स को सुविधा उपलब्ध गराउने बताएको छ ।

कम्पनीले अब यस क्षेत्रका ग्राहाकहरुलाई पाथीभारा ईन्टरप्राईजेज मार्फत यामाहा कम्पनीको मोटरसाईकल सहित (सेल्स, सर्भिस र स्पेयर पार्ट्स)को सुविधा उपलब्ध गराउने जनाएको छ । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई दृष्टिगत गरी शोरूम स्थापना गरिएको पाथीभारा ईन्टरप्राईजेजका संचालक अमरेन्द्र कुमार मेहताले बताएका छन् । नयाँ शोरूमको उद्घाटन इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले गरेका हुन् । पाथीभारा ईन्टरप्राईज इनरुवाबाट ग्राहकले यामाहाका मोटरसाइकल र स्कुटरको ‘थ्रीएस’सहित एक्सचेञ्ज र फाइनान्सको सुविधा पाउने अर्का संचालक चिरञ्जीवी बस्नेतले बताए । उद्घाटन कार्यक्रममा इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेल, इनरुवा १ का वडाअध्यक्ष रामचन्द्र पौदार लगायतको सहभागिता रहेको थियो । शोरुमको उद्घाटनपछी पाथीभारा ईन्टरप्राईजेजबाट यामाहा कम्पनीका मोटरसाईलक सहितको मोटरसाईलको र्याली निकालिएको थियो ।

तपाईको प्रतिक्रिया