नयाँदिल्ली । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एकजना भीडको बीचमा भाषण गरिरहेका हुन्छन् ।बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ । सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको यो भिडियोलाई लिएर विभिन्न किसिमका अफवाह फैलिरहेको छ । भाजपा र कांग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् ।

कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी धेरैले गरेका छन् । भाजपा समर्थकले कांग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । यो भिडियोको वास्तविकता भने अर्कै छ ।

खासमा यो पुरानो भिडियो हो । भिडियोमा भएका व्यक्ति उत्तराखण्डको जसपुरका नगर परिषद अध्यक्ष मोहम्मद उमर सिद्धकी हुन । नगरपालिका निर्वाचनका दौरान भएको एक कार्यक्रममा उनको पाइन्ट खुस्किएको थियो । उनी कांग्रेस र भाजपाका नेता होइनन । आफू त्यसबेला बहुजन समाजवादी पार्टीमा भएको र चुनावी अभियानका दौरान आफ्नो पाइन्ट खस्किएको उनको भनाई छ । पारिख र उनको अनुहार करीब मिल्छ । साभारः दैनिक नेपाल

तपाईको प्रतिक्रिया

trusted online casino malaysia