इनरुवा। १९९औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस को अवसरमा, धरान स्थित वि.पि कोइराला स्वास्थ विज्ञान प्रठिष्ठान अन्तर्गत नेपाल नर्सिङ संघले धरान ३ मा अवस्थित सरस्वती बाल आश्रममा निशुल्क स्वास्थ शिविरको कार्यक्रम आयोजना गरेको छ।

उक्त शिविरमा बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंघका साथै नेपाल नर्सिङ संघ वि.पि.को.स्व.वि.प्र का अध्यक्ष उपेन्द्र यादव, सचीव कृति चौधरी, सदस्यहरु पन्ना राई, जमुना भुर्तेल, बिनिता तामांग, आरती सुब्बा लगायत मास्टर नर्सिङ बाल विभाग, प्रथम वर्षका छात्राहरु तथा सरस्वती बाल आश्रमकी अध्यक्ष श्रीमती नैनकला न्यौपाने प्रथम उपाध्यक्ष दान बहादुर राई महा सचीव मनिष खडगी, कोषाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ तथा सदस्यहरु विष्णु कुमार राई, भरत छेत्री खड्का, झंकार गोबिन्द लाखेको सहभागीता थियो ।

सो कार्यक्रममा सरस्वती बाल आश्रममा रहेका २४ बालबालिक लाई स्वास्थ परिक्षण संगै स्वास्थ शिक्षा पनि दिइएको थियो। जसमा बालिकाहरुलाई महिनावारी स्वस्छ्ता र बालकहरुलाई शारीरिक स्वाछ्ताको बारे शिक्षा दिइएको थियो। त्यसका साथै नर्सिङ संघ वि.पि.को.स्वा.वि.प्र ले बालआश्रमकि अध्यक्ष श्रीमती नैनकला न्यौपानेलाई बालबालिकाहरुका लागि दैनिक उपयोगी सामाग्री नुहाउने र लुगा धुने साबुन, सेम्पु, साधारण औषधि, वेटाडिन, स्यानिटरी प्याड लगायत हस्तान्तरण गरिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नेपाल नर्सिङ संघका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उक्त कार्यक्रममा बालबालिकाहरुकालागि एक छाक खानाको व्यवस्थाकालागि धनराशी प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया