वि.पि.कोइराला स्वास्थ विज्ञान प्रतिस्ठान धरानले सधै झै यो वर्ष पनि १२ मैइ का दिन १९९ औ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाएको छ। नेपाल नर्सिङ संघ वि.पि.को.स्वा.वि.प्र को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा प्रदेश न. १ का प्रदेशसभा सभामुख प्रदीप भण्डारीको उपस्थिति थियो भने, अन्य अतिथि मा वि.पि.को.स्वा.वि.प्र का उपकुलपति प्रा. डा. राजकुमार रौनियार, वि.पि.को.स्वा.वि.प्र का एकाडेमिक डिन प्रा. डा. चन्द्र भुसन झा, कलेज अफ नर्सिङ कि चिफ प्रो. अङ्गुर बडु, मेट्रोन प्रो. गयानन्द मण्डल, नर्सिङ संघ काठमाडौं कि उपाध्यक्ष प्रो. डा. तारा शाह तथा नर्सिङ संघ वि.पि.को.स्वा.वि.प्र का अध्यक्ष श्री उपेन्द्र यादवको आतिथ्य थियो।

उक्त कार्यक्रममा कलेज अफ नर्सिङ कि प्रो. अङ्गुर बडुले स्वागत मन्तव्य राख्नु भएको थियो भने, नर्सिङ संघ वि.पि.को.स्वा.वि.प्र का अध्यक्ष उपेन्द्र यादवले यसपालीको नर्सिङ दिवस को नारा “Nurses a voice to lead : health for all ” प्रकास पारेका थिए। यसका साथ साथै कार्यक्रममा वि.पि.को.स्वा.वि.प्र कलेज मा अध्ययनरत अन्तिम वर्ष B.Sc nursing, M.Sc अन्तिम वर्षका छात्राहरुले आफ्नो नर्सिङ यात्राको अनुभव पनि साटेका थिए । साथसाथै कार्यक्रमका प्रमुख अतिथी, अतिथी लगायतकाले सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया