- अमर काफ्ले

सुनसरी सदरमुकाम इनरुवा १ घर भएका प्रकाश अनुरागले दुई म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मैथिली भाषाका दुई गित अनुरागले इनरुवामा पत्रकार सम्मेलनकाबीच सार्वजनिक गरेका हुन् ।

दुवै गितमाको स्वर प्रकाश अनुरागको रहेको छ । इजोरिया फिल्म्सको ब्यानरमा रहेको इ जान जुवानी चारि दिन बोलको गितमा स्वयं गायक अनुरागका साथै बिजय कुमार र पुजा दाहालको अभिनय रहेको छ । त्यसैगरी छिन्नमस्ता फिल्म्सले बजारमा ल्याएको अहाँ सुन्दर कियो नै बोलको गितमा अनुराग र सरु निरौलाको अभिनय देख्न सकिन्छ ।

अनुरागका दुवै गितमा संगित राजेश कुमारको रहेको छ । राजिव कुमार स्वयं गितकार समेत हुन् । म्यूजिक भिडियोलाई राजु राजदेव चौधरीले निर्देशन गरेका छन् ।इनरुवाका अनुराग लामो समययता कलाकारिता क्षेत्रमा आफ्नो भविष्य खोज्ने जमर्को गरिरहेका छन् । स्थानीयस्तरमा हुने सांगितिक कार्यक्रमहरुमा अनुरागले प्रस्तुति दिँदै आएका छन् । अनुरागले नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण भएका ठुला तथा सानो पर्दाका चलचित्रमा समेत काम गरिसकेका छन् ।

पत्रकार सम्मेलनमा स्थानीय निकाय र अग्रज तथा सरोकारवालाहरुबाट साथ र सहयोग नपाएको दुखेसो पोखेका कलाकार तथा गायक अनुरागले केही सहकर्मी तथा शुभेच्छुकहरुको साथमा कलाकारिता क्षेत्रलाई अघि बढाईरहेको बताएका छन् । उनको गित यूट्युबमा समेत हेर्न सकिने छ ।

 

तपाईको प्रतिक्रिया