- अमर काफ्ले

पश्चिम बाट पूर्व तर्फ अघि बढिरकेको न्यून चापीय प्रभाव सुनसरी आसपास भएर अघि बढिरहेकाले यतिबेला हावाहुरी सहित पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जन सहित हावाहुरी र पानी पार्न सक्ने चापीय प्रणाली पूर्व तर्फ अघि बढेको छ ।
मौसम विद् समिर श्रेष्ठका अनुसार तत्काल देखा परेको प्रभाव बढीमा डेढ घण्टापछि सुनसरीबाट हट्ने छ । हावाहुरी र मेघगर्जन सहित छिटपुट वर्षा भएपनि ठूलो वर्षाको सम्भावना भने तत्काल देखा परिनसकेको श्रेष्ठले बताउनु भयो ।
सुनसरीको आकाशमाथि देखिएको चापीय प्रभाव विस्तारै पूर्वका अन्य स्थानहरुमा सर्दै जाने छ । पूर्वका धेरैजसो स्थानमा आज रातभर मौसम बदली रही केही स्थानमा हावाहुरीभात साथै मेघगर्जन र चट्याङ सहितको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सर्वसाधारणमा सचेत रहन समेत आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया