सुनसरी सदरमुकाम इनरुवामा रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
इनरुवा खेल मैदानमा गयराती प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।


पूर्व अर्थमंत्री ज्ञानेन्द्र कार्की, इनरुवा नगरपालिका प्रमुख राजन मेहता र कोशी गाउँपालिका प्रमुख ऐयुब अन्सारीले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरेका छन् ।


प्रतियोगिताको औपचारिक उद्घाटन पश्चात महिला मैत्रिपूर्ण खेल खेलाइएको थियो । प्रदेश एक र प्रदेश दुईबीच भएको T20 खेलमा प्रदेश नम्वर एक बिजयी भएको छ । दुवै टिममा नेपालको महिला राष्ट्रिय टिमका खेलाडीहरुको सहभागिता रहेको थियो । राष्ट्रिय टिमकी क्याप्टेन रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, संगिता राई, अपसरी बेगम, सरस्वती चौधरी, कबिता गौतम, संतोषी चौधरी, अनुराधा चौधरी र शोभा आलेले रात्रिकालीन प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए ।


सुनसरी युथ क्लबले आयोजना गरेको डे नाइट टि टेन प्रतियोगिताका औपचारिक खेल भने आजबाट सुरु हुने छन् । पहिलो खेल भारतको पटना क्रिकेट टिम र मोरङ बीच हुनेछ । दोस्रो खेल सुपौल र धनगढी बीच हुने आयोजक संख्थाका अध्यक्ष अफजल हुसेनले बताए । प्रतियोगितामा नेपाल र भारतका गरी ६ वटा टिमले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia