सुनसरी सदरमुकाम इनरुवामा सुरु रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता पहिलो खेलमा भारतको पटना क्रिकेट टिम बिजयी भएको छ । पटनाले मोरङलाई ६० रनले पराजित गरेको छ ।
इनरुवा खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पटनाले निर्धारित १० ओभरमा १ विकेटको क्षतिमा १ सय १६ रन बनाएको थियो । पटनाकालागि इमरान नजिरले नटआउट ६० रन बनाए । पटनाकालागि जेसन विनवासीले ४० रनको पारी खेल्दा मनिश गिरीले नटआउट रहँदै ९ रन जोडेका थिए । पटनाको एक विकेट मोरङका लभ कामतले चटकाएका थिए ।


१ सय १७ रनको बिजयी लक्ष पछ्याएको मोरङले ५६ रन मात्र जोड्न सक्यो । पुरै दश ओभर खेलेको मोरङ ४ विकेट गुमाएर ५६ रनमा समेटिएपछि पटनाले ६० रनको सहज जित हात पारेको हो । मोरङका लागि सोन मण्डलले १८, मनोज मण्डलले १३ र सकिब हबले ९ रन जोडे । खेलको म्यान अफ दी म्याच बिजयी टिमका जेसन घोषित भए ।

तपाईको प्रतिक्रिया