सुनसरी सदरमुकाम इनरुवामा जारी दोस्रो प्रदेश स्तरीय मेयर कप भलिबल प्रतियोगिता अन्र्तगत आजको पहिलो खेलमा डुम्राहा बिजयी भएको छ ।डुम्राहाले रामधुनीलाई सोझो सेटमा पराजित गरेको हो ।

शान्तिदीप नेपालद्वारा महेन्द्रचौकमा जारी प्रतियोगिता अन्र्तगतको खेलमा डुम्राहाले २५–१७ र २५–१९ को सेटमा रामधुनी विरुद्ध जित निकालेको हो ।झापा र भोजपुरबीचको दोस्रो खेल भने वर्षाका कारण प्रभावित बनेको छ । सो खेल भोलि खेलाइने आयोजकले जनाएको छ । त्यसैगरी भोलिनै हुने पहिलो सेमिफाइनल खेलमा इनरुवाले शिखर सुज इटहरीसँग प्रतिष्पर्धा गर्ने छ ।

तपाईको प्रतिक्रिया