सुनसरी सदरमुकाम इनरुवामा जारी रात्रिकालीन टि टेन क्रिकेट प्रतियोगिता अन्र्तगत आज हुने भनिएका दुई खेल रद्य भएका छन् ।पानी परेर मैदान भिजेकाले खेल रद्य गरिएको आयोजक सुनसरी युथ क्लबले जनाएको छ । आजको पहिलो खेल मोरङ र सुनसरी युथ क्लब बिच हुने तालिका रहेको थियो ।

त्यसैगरी अर्को खेलमा दुई भारतीय टिम मुजफरपुर र सुपौलबीच खेल हुने तालिका थियो । दुवै खेल भोलि खेलाइने छन् । ।

तपाईको प्रतिक्रिया