इटहरी । स्थानीय तहमा निर्बाचित भएदेखि नै बिवादमा मुछिएका सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले पछिल्लो पटक कर्मचारी देखि पत्रकार सम्मको कठालो समात्न थालेपछि उनी थप बिवादित बन्न पुगेका छन । सौर्यबत्ति काण्डदेखि कर्मचारीको मोटरसाईकलको चाबी खोस्ने र सरकारी जग्गा खोज्ने भन्दै बिद्यालयको आँगनमा डोजर चलाउने सम्म हर्कत देखाएका चौधरीबाट नगरबासीहरु आफै असुरक्षित महशुस गर्न समत थालेका छन । उनको पछिल्लो गतिबिधि नगरको एउटा अभिभावकले गर्ने काम गर्दा पनि गुण्डाराजको शैली अपनाएको नगरबासीहरु गुनासो गर्छन ।

उनले बुधबार इटहरी १९ का वडासचिव मनोज दाहाल र उपमहानगरपालिकाका सब ओभरसियर राम खड्का माथि हातपात गरे । विहानको समयमा सब ओभरसियर खड्कामाथि सेवाग्राहीसँग घुस लिएको भन्दै इटहरीका मेयर चौधरीले हातपात गरेको घटना बाहिरियो । मेयर चौधरीले दुई कर्मचारीलाई एकैदिन गलत आरोप लगाउँदै हातपात गरेपछि कर्मचारीहरु समेत रुष्ट बनेका छन् । सुरक्षाको प्रत्याभूति नभएको भन्दै कर्मचारीहरु आन्दोलित बनेका छन् । घुस लिएको भन्दै मेयर चौधरीले सब ओभरसियर खड्कालाई कार्यालयबाट गलहत्याएर निकाले । उनले घुस खाने कर्मचारीलाई यहाँ प्रवेश छैन भन्दै गेटबाटै बुधबार निकाले । लगत्तै बुधबार मध्ह्यान्नको समयमा इटहरी १९ का वडासचिव दाहाललाई नगरपालिका परिसरमै बोलाएर भ्रष्टाचार गरेको भन्दै हातपात गरे ।

आन्दोलित कर्मचारीहरुले मेयर चौधरीबिरुद्ध कर्मचारीहरुले नाराबाजी गर्दै इटहरी उपमहानगरपालिकाको गेट अगाडि मुख्य सडकमा प्रर्दशन गरे भने ईलाका प्रहरी कार्यालय पुगेका थिए । उजुरी गर्ने ठाउँ हुँदा–हुँदै मेयरले हातपात गरेर दादागिरी गर्न खोजेको आरोप लगाए सोही बिषयमा बुझन गएका पत्रकारहरुलाई समेत इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले दुव्र्यवहार गरेका छन् । समाचार संकलनको क्रममा प्रतिक्रिया लिन पुगेका पत्रकारद्धय विकल रेग्मी र कृष्णबहाव भट्टराईलाई गाली गलौज गर्दै मेयर चौधरीले दुव्र्यवहार गरेका हुन् । पत्रकार रेग्मीलाई कठालो समातेका छन् भने भट्टराईलाई सार्वजनिक स्थलमा हप्काएका थिए । मेयरले दिउसो कर्मचारी कुटपिटको विषयमा प्रतिक्रिया लिन पुगेको दुबै पत्रकारमाथि मेयरले दुव्र्यवहार गरेपछि नेपाल पत्रकार महासंघ सुनसरीले एक विज्ञप्ती जारी गर्दै भत्र्सना गरेको छ । महासंघका अध्यक्ष अमर खड्का र सचिव हिमाल दाहालले विज्ञप्ती जारी गर्दै प्रेस स्वतन्त्रताको माग समेत गरेका छन् ।

यसैबीच, कर्मचारीहरु संगठित भएर इटहरी उपमहानगरपालिका परिसरमा अनिश्चितकालीनका लागि तालबन्दी गरेका छन् । कर्मचारीहरुले बिहीबारबाट काम नगर्ने भन्दै तालाबन्दी गरेका हुन् । योसँगै ईलाका प्रहरी कार्यालय इटहरीमा पीडित दाहाल र खड्काले जाहेरी दिएका छन् । जाहेरी दिएको भएपनि प्रहरीले दर्ता भने गरेको छैन । यता, ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले मेयरले हातपात गरेकाले नाराबाजी गर्दै ईलाकामा आएको बताए । मेयर चौधरीसँग सम्पर्कको प्रयास गर्दा उनी सँग सम्पर्क हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia